१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:११:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सगरमाथा इन्स्योरेन्सको नयाँ स्वास्थ्य बिमा योजना

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:११:oo

सगरमाथा इन्स्योरेन्स कम्पनीले नववर्ष २०७८ को अवसर पारेर ‘सगरमाथा आरोग्य स्वास्थ्य बिमालेख’ बजारमा ल्याएको छ । कम्पनीले इन्स्योरेन्स डिजिटल्ली कार्यक्रमको सफलतापछि नयाँ बिमा योजना ल्याएको हो ।  बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरले संयुक्त रूपमा आरोग्य स्वास्थ्य बिमालेखको उद्घाटन गरेको कम्पनीले जनाएको छ ।

उद्घाटनपछि बिमा समितिका अध्यक्ष सिलवालले यस प्रकारका बिमालेखलाई डिजिटल माध्यमबाट खरिद गर्न सक्ने गरी निर्माण गरिएको भन्दै प्रशंसा गरेको जनाइएको छ । उनले प्रचलित ऐन, कानुन र बिमा समितिका निर्देशनहरूको पालना गर्दै संस्थागत सुशासन कायम राखेर बिमा गर्न सुझाब दिएका थिए । 

कम्पनीहरूले बिमा समितिको निर्देशन एवं प्रचलित ऐनले निर्धारण गरेको सर्तभन्दा बाहिर गई उधारो बिमा गर्ने, तोकिएको दररेटभन्दा घटीमा बिमा गर्ने र बिमा दाबी भुक्तानीमा ढिलासुस्ती गर्नेजस्ता कमजोरी रहेको देखिएको भन्दै सुधार गर्न निर्देशन दिएका थिए । यसलाई सुधार गर्दै संस्थागत सुशासनको मर्मबमोजिम बिमा कारोबार गर्न उनले निर्देशन दिएको जनाइएको छ । 

कम्पनीका अध्यक्ष मानन्धरले कम्पनीले बिमा दाबी भुक्तानीलाई कम्पनीको सफलताको प्रमुख आधार बनाएर काम गर्न र संस्थागत सुशासन कायम गरी बिमा सेवा प्रवाह गर्न व्यवस्थापनलाई निर्देशन दिएको जानकारी गराए । यस बिमालेखबाट सबै वर्गका मानिसले लाभ लिन सक्ने गरी एउटै बिमालेखबाट ३ प्रकारको जोखिमको सुरक्षण गरिएको उनको भनाइ थियो । उनले भने, ‘अब दुर्घटना, औषधोपचार बिमा र घातक रोगको बिमाका लागि बेग्लाबेग्लै बिमालेख लिनुपर्ने अवस्थाको अन्त्य भई एउटै बिमालेख लिए पुग्ने गरी बिमालेख उत्पादन गरिएको छ ।’  

कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत श्रवण रावलले सगरमाथा आरोग्य स्वास्थ्य बिमालेखको विशेषताका बारेमा जानकारी गराएका थिए । उनका अनुसार यस बिमालेखअन्तर्गत व्यक्तिगत दुर्घटना बिमातर्फ ७ लाखदेखि १० लाख रुपैयाँसम्म, औषधी उपचारतर्फ १ लाखदेखि २ लाख रुपैयाँसम्म र गम्भीर प्रकृतिका १८ वटा रोगका लागि १ लाखदेखि १० लाख रुपैयाँसम्मको जोखिम बहन हुनेछ । 

ad
ad