१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २२:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

भारतले नेपाली सेनालाई दियो १ लाख खोप

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २२:o९:oo

भारतीय सेनाले नेपाली सेनालाई कोभिड १९ विरुद्धको एक लाख डोज खोप पठाएको छ । भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भिडियो सम्मेलनमार्फत् मंगलवार खोप हस्तान्तरण गरेको घोषणा गरे भने भारतीय राजदूत विनयमोहन क्वात्राले जंगी अड्डा पुगेर खोप हस्तान्तरण गरे । 

भारतीय सेनाद्धारा नेपाली सेनालाई उपलब्ध गराइएको एक लाख डोज खोप सोमवार एयर इन्डियाको उडानबाट काठमाडौं ल्याइएको थियो । काठमाडौं आइपुगेको छ, यसको औपचारिक हस्तान्तरण केही दिनमा हुने कार्यक्रम छ’ सैनिक प्रबक्ता सहायकरथी सन्तोष बल्लभ पौडेलले भने । एयर इन्डियाको उडानबाट खोप नेपाल आइपुगेको हो । 

गत जनवरीमा ‘खोप मैत्री’ कार्यक्रम अन्तर्गत भारतले नेपाललाई दश लाख कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराएको थियो । अहिलेसम्म भारतले नेपाललाई ११लाख डोज कोभिशिल्ड खोप उपहार दिएको छ । ‘भारतले अघि बढाएको यो प्रयास दुई देशबीचको विशेष सम्बन्धको अर्को एक अनुपम उदाहरण हुनुका साथै यसले भारतले आफ्नो छिमेकी प्रति देखाएको सदाशयतालाई पनि पुष्टि गरेको छ’ भारतीय दूताबासका प्रबक्ता नवीन कुमारले भनेका छन् । 

भारतले ‘छिमेकी पहिलो’ नीति अनुरुप खोप प्रदान गरेको भारतीय दूताबासले जनाएको छ । भारतको पुणेस्थित सिरम इन्टिच्यूटबाट एयर इण्डिया विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खोप ल्याइएको थियो ।  

दिल्लीबाट भिडियो कन्फरेन्समा सहभागी भारतीय सेनाध्यक्ष नरवणेले भनेका छन्, ‘मित्रराष्ट्रहरुलाई महामारीको समयमा सक्दो सहयोग गर्नेसरकारको नीति अनुसार घनिष्ट सम्बन्ध रहेको नेपाली सेनालाई यस प्रकारको सहयोग गर्न पाउँदा हामी अत्यन्तै खुशी छौँ ।’ प्रत्युत्तरमा प्रधान सेनापति पूर्ण चन्द्र थापाले यो सहयोगले नेपाली सेनाका सकलदर्जा एवं प्राथमिकताका आधारमा हिताधीकारीहरु समेत लाभान्वित हुने,  महामारी बिरुद्धको लडाइमा नेपाली सेना अझ बढी प्रभावकारी रुपमा नेपाली जनताको सेवामा लाग्न सक्षम हुने बताएका छन् । प्रधानसेनापति थापाले  दुई देशका सेनाबीच रहेको सम्बन्ध अझ बढी प्रगाढ भएको समेत उल्लेख गरे । 

ad
ad