१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार o६:२६:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

‘ग्लोबल मनी विक’मा लक्ष्मी बैंकका विभिन्न कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:२६:oo

‘ग्लोबल मनी विक’ २०२१ को अवसरमा लक्ष्मी बैंकले विभिन्न कार्यक्रम गरेको छ । बैंकले वित्तीय साक्षरता अभियानअन्तर्गत सातै प्रदेशका विभिन्न विद्यालयका १ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरतासम्बन्धी कक्षा सञ्चालन गर्दै बचतका लागि खुत्रुके वितरण गरेको हो । 

यसका साथै युवाहरूमा प्रविधिको प्रयोग गरी बैंकिङ गर्ने बानीको विकास गर्नेे उद्देश्यले विभिन्न व्यवसायमा आबद्ध साना व्यवसायीलाई डिजिटल बैंकिङको प्रयोगसम्बन्धी ३ वटा तालिमसत्र सञ्चालन गरिएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकको परिकल्पना तथा सौजन्यमा निर्मित वित्तीय साक्षरता अभिबृद्धिसम्बन्धी वृत्तचित्र ‘समृद्धिको अभियान, लक्ष्य वित्तीय ज्ञान’ निर्माण गरी प्रसारण गरेको जनाइएको छ । विश्व वित्तीय सप्ताहकै अवसरमा वित्तीय जानकारीसहितको नववर्ष २०७८ सालको क्यालेन्डर विमोचन गरिएको बैंकले जनाएको छ । 

ad
ad