मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ चैत ११ बुधबार ११:२३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेरुदण्ड पक्षघात भएका व्यक्तिको राष्ट्रिय भेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ चैत ११ बुधबार ११:२३:००

मेरुदण्ड पक्षघात भएका व्यक्तिलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकासको तालिम दिने उद्देश्यसाथ राष्ट्रिय भेला सुरु गरिएको छ । मेरुदण्डीय पक्षघात समूह नेपालको आयोजनामा काठमाडौंमा मंगलबारदेखि तीनदिने भेलाको आयोजना गरिएको हो ।

भेलामा देशका सबै प्रदेशबाट प्रतिनिधिमूलक रूपमा मेरुदण्डको पक्षघात भएको व्यक्तिहरूको सहभागिता रहेको छ । भेलामा मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूको क्षमता अभिवृद्धिका लागि नेतृत्व विकाससम्बन्धी तालिम, सरकारले प्रदान गर्ने अधिकारहरुको विषयमा र स्वास्थ्यको हेरचाहको सम्बन्धमा तालिम दिइने मेरुदण्डीय पक्षघात समूह नेपालका अध्यक्ष ऋषिराम ढकालले बताए । 

भेलामा सहभागीहरूले मेरुदण्डको पक्षघात भएका व्यक्तिहरूलाई स्वास्थ्य समस्याको साथसाथै विभिन्न प्रकारका समस्या हुने भएकाले सरकारले समाधानका निम्ति ध्यान दिनुपर्ने बताएका छन् । उपचार तथा स्वास्थ्य सामग्रीको सहज उपलब्धता गराउनुपर्नेमा जोड दिएका छन् ।

भेलामा सहभागीले मेरुदण्डको पक्षघात भएका व्यक्तिलाई आफूले सिकेको सीप–तालिमबारे आफ्नो प्रदेशमा गएर कार्यक्रम तालिम सञ्चालन गर्ने बताइएको छ ।