१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o७:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

त्रिवि र नेविसंघ विश्वविद्यालय एकाइबीच ६ बुँदे सहमति, ३० जेठसम्ममा स्ववियु चुनाव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o७:३७:oo

विभिन्न माग राखेर रिले अनशनमा बसेका नेपाल विद्यार्थी संघ विश्वविद्यालय समिति र त्रिभुवन विश्वविद्यालयबीच ६ बुँदे सहमति भएको छ । अनशनको ४८औँ दिनमा विद्यार्थी संगठनबीच सर्वपक्षीय छलफल गरी आगामी ३० जेठसम्ममा स्ववियु चुनाव गर्नेलगायतका सहमति भएको हो । २५ चैतभित्र सर्वपक्षीय छलफलको आयोजना गर्ने र ३० जेठसम्ममा चुनाव सम्पन्न गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।

त्रिविका तर्फबाट शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल र नेविसंघ विश्वविद्यालय समितिकातर्फबाट श्यामचन्द्र अधिकारीले हस्ताक्षर गरेका छन् । विगतमा त्रिवि र नेविसंघबीच भएका सम्झौतामध्ये कार्यान्वयन हुन बाँकी रहेका बुँदाहरूलाई यथाशीघ्र कार्यान्वयनमा लैजाने, समाजशास्त्र केन्द्रीय विभागको समस्या समाधान गर्न आवश्यक छलफल र परामर्श गरी दुई महिनाभित्र राय सुझाब पेस गर्न तीन सदस्यीय समिति गठन गर्ने सहमति भएको छ । 

त्यसैगरी, कोभिड–१९ का कारण ढिलो गरी सञ्चालित परीक्षाहरूको नतिजा यथाशीघ्र प्रकाशित गर्न र त्रिविको शैक्षिक क्यालेन्डरको कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनेलगायतका सहमति भएका छन् । सहमतिपछि विद्यार्थीको रिले अनशन अन्त्य भएको छ । डेढ महिनाभन्दा बढी समयदेखि लगाइएको ताला खुलेको छ । त्रिवि उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाले ४८ दिनमा विद्यार्थीसँग सहमति भएको बताए । 

ad
ad