१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओली गणतन्त्र, संघीयतालगायत उपलब्धि समाप्त गर्ने बाटोमा : शक्ति बस्नेत (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:११:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्य शक्ति बस्नेतले प्रधानमन्त्री केपी ओलीले राजनीतिक परिवर्तनलाई समाप्त पार्ने बाटो तयार पार्दै गइरहेको बताएका छन् । 

सोमबार सहिद बेपत्ता योद्धा परिवार, बागमती प्रदेशले काठमाडौंमा आयोजना गरेको विरोध ¥याली तथा कोणसभामा बस्नेतले ओलीको कदमले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रतिनिधित्वको अधिकार तथा धर्मनिरपेक्षताको अधिकार जोखिममा परेको बताएका हुन् । 

बस्नेतले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन, संवैधानिक आयोगमा गरिएका नियुक्तिलगायतलाई हेर्दा सामान्य लोकतान्त्रिक मूल्य–मान्यतालाई पनि सम्मान नगरेको बताए । ओलीको जनविरोधी कदमका विरुद्ध सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने उनले बताए ।