मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ २५ आइतबार ०८:१२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

निर्जीवन र लघुवित्त हालसम्मकै उचाइमा, अल्पकालीन लाभले बढ्दो आकर्षण  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ २५ आइतबार ०८:१२:००

तुलनात्मक रूपमा स्थिर मानिने बैंकिङ समूहको वृद्धिमा ब्रेक लागे पनि निर्जीवन बिमा र लघुवित्त समूहमा थप उछाल देखिन थालेको छ । यी दुवै समूह हालसम्मकै उच्च बिन्दुमा आइपुगेका छन् । 

गत आर्थिक वर्षको नाफापछि औसतमा २० प्रतिशतका दरमा लाभांश दिएका लघुवित्त कम्पनीमा गत साता लगानीकर्ताले अघिल्लो साताको तुलनामा करिब १० प्रतिशतले लगानी बढाएका छन् । कारोबार रकमका आधारमा समेत लघुवित्तको हिस्सा तेस्रो स्थानमा छ ।

गत साता कुल ४१ अर्ब ६८ करोड रुपैयाँको कारोबार हुँदा लगानीकर्ताले यो क्षेत्रमा करिब १६ प्रतिशतबराबर अर्थात् ६ अर्ब ६९ करोड रुपैयाँ लगानी गरेका हुन् । यो समूह हालसम्मकै उच्च बिन्दु ४ हजार ३ सयमाथि उक्लिएको छ । 

तीन निर्जीवन बिमा कम्पनीले मात्र गत आवको नाफापछि लाभांश घोषणा गरेका कारण यो क्षेत्रमा पनि आकर्षण कायमै रहेको छ । औसतमा १६ प्रतिशत लाभांश प्रस्ताव गरेको यो समूहमा धेरैको आव ०७६÷७७ को साधारणसभा हुँनै बाँकी रहेको छ । कम पुँजी, हरेक वर्षमा अघिल्लो वर्षमा मात्रै साधारणसभा सक्ने यो समूह अल्पकालीन लगानीकर्ताले लाभ लिने प्रयोजनका लागि बढी कारोबार गर्ने गरेका छन् ।

यस समूहका १८ वटामा १० कम्पनीको मात्रै सेयर मूल्य १ हजार रुपैयाँमुनि छ । गत साता यो समूहमा लगानी ९ दशमलव ३४ प्रतिशतले बढेको हो भने कारोबार हिस्सा करिब १९ प्रतिशतबराबर छ । हालसम्मकै उच्च बिन्दु १ हजार ३ सयमाथि रहेको यो समूहगत परिसूचकमा गत साता उच्चदरमा वृद्धिसमेत भएको छ । गत साता ३ दशमलव ६८ प्रतिशत बढेको हो । 

समग्रमा नेप्से परिसूचक भने गत साता २ प्रतिशतले मात्रै बढेको छ । साताको २ दिन घटेको बजारमा दैनिक औसत कारोबार रकम ६ प्रतिशतले घटेर ८ अर्ब ३३ करोडमा सीमित भएको हो । पर्याप्त तरलता र निक्षेप तथा कर्जामा घट्दो ब्याजले बजारको वृद्धिलाई सघाइरहेको छ । बैंकहरूले गत १ महिनामा मात्रै सेयर धितोमा कर्जा करिब १२ प्रतिशते बढाएर ७५ अर्ब ७० करोड रुपैयाँ पु¥याएका छन् । 

प्राविधिक विश्लेषण  
नेप्सेको रेखाचित्रले भने यही प्रवृत्तिबीच ‘उल्टो हेड एन्ड सोल्जर’ आकृति लगभग पूरा गरेको छ । यसो भएमा भने बजार थप बढ्ने विश्लेषण गरिन्छ । नेप्सेको मैनबत्ती चित्रमा अन्तिम दिन करिब–करिब ह्यांगिङ म्यान डोजी आकृति बनेको छ ।

यद्यपि, यो आकृतिको भने तल्लो धागो केही लामो छ । बजारमा लगानीकर्ताले बिक्री उच्च बढाएको र यो प्रवृत्ति थप वृद्धि हुने यसले संकेत गर्छ । यद्यपि, यो दरिलो संकेत होइन । नेप्सेको ७ दिने र २१ दिने मुभिङ एभरेज रेखा समान दूरीमा अगाडि बढिरहेका छन् । ७ दिने रेखा २१ दिने र नेप्सेको रेखाभन्दा माथि नै छ । यसले बजार बुलिस नै रहेको संकेत गर्छ ।