मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ माघ १३ मंगलबार ११:००:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केपी ओलीले प्रतिनिधिसभा अकालमै मार्न खोजे : नेता विष्ट

Read Time : < 1 मिनेट
२०७७ माघ १३ मंगलबार ११:००:००

पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री केपी ओलीले संविधानमा नभएको अधिकार हातमा लिएर प्रतिनिधिसभा अकालमा मार्न खाेजेकाे आरोप लगाएका छन् । 

सरकारले नागरिकलाई समृद्धिको सपना देखाएर कोभिडको मारमा प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गर्नु दुर्भाग्यपूर्ण भएको उनकाे भनाइ छ । 

इस्मा गाउँपालिकाका ३ र ४ का स्वास्थ्यचौकी भवन उद्घाटन गर्दै नेता विष्टले संविधानमा भएकाे अभ्यास प्रयोग गरेर जनभावनाअनुसारको काम गर्नुको सट्टा देशलाई अनिर्णयको बन्दी बनाउने काममा सरकार उद्यत् रहेको विष्टको भनाइ छ । आफूले विगतमा सिटामोल खान पाँच घन्टा हिँडेर तम्घास विष्टले पुगेको स्मरण गरे ।

देशभरका एक सय स्वास्थ्यचौकीको कोटा हुँदा एक निर्वाचन क्षेत्रका प्रत्येक वडामा स्वास्थचौकीका भवनका योजना समावेश गर्न सकिएकोमा खुसी व्यक्त गरे । दर्लामचौर स्वास्थ्यचौकी काठमाडौ–सिद्धबाबा जेभीले दुई करोड ३४ लाखमा निर्माण गरेको स्वास्थ्यचौकी इन्चार्ज गोकर्ण थापाले जानकारी दिए ।

त्यस्तै दोहली स्वास्थ्यचौकी श्रेष्ठ कन्स्ट्रक्सनले एक करोड ३१ लाखमा निर्माण सम्पन्न गरेको निर्माण व्यवसायी हरिकुमार श्रेष्ठले बताए ।