१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ माघ ४ आइतबार
  • Tuesday, 08 July, 2025
सोमनाथ लामिछाने सिजियाङ
२o७७ माघ ४ आइतबार १४:१o:oo
Read Time : < 1 मिनेट
फिचर

चीनले हेबेई सहरमा पछिल्लो पाँच दिनमा पन्ध्र सय आइसोलेसन कोठा थप्यो 

Read Time : < 1 मिनेट
सोमनाथ लामिछाने सिजियाङ
नयाँ पत्रिका सिजियाङ
२o७७ माघ ४ आइतबार १४:१o:oo

चीनको उत्तरी सहर हेबेईको एक सहरमा पाँच दिनयता एक हजार पाँच सयवटा आइसोलेसन सेन्टरका कोठाहरू निर्माण भएका छन् । चीनमा पछिल्लो समयमा कोरोना भाइरसका संक्रमितहरू देखिन थालेपछि जोखिमयुक्त स्थानमा आइसोलेसन सेन्टर निर्माण गर्न थालिएको हो ।

हेबेई प्रान्तका स्थानीय अधिकारीहरूका अनुसार यहाँ निर्माणाधीन कारखानाको जमिन प्रयोग गरेर आइसोलेसन सेन्टरहरू निर्माण गरिएकाे छ । चीनको नाङगोङ सहरमा यो सेन्टर बनाउन थालिएको छ । उक्त प्रान्तका अधिकारीहरूले ६ हजार पाँच सयवटा कोठा बनाउने योजना रहेको बताएका छन् ।

तीमध्ये एक हजार पाँच सय कोठा गत पाँच दिनमा निर्माण गरिसकिएको यहाँका स्थानीय अधिकारीहरूले जानकारी गराएका छन् ।आइसोलेसेन सेन्टरका रूपमा प्रयोग गर्ने भनिएका ती कोठाहरू प्रत्येकको क्षेत्र १८ स्क्वायर मिटर रहेको छ ।

ती सबै कोठामा शौचालय र बाथरुम, हिटर, बेड तथा टपबाथसमेत रहेको अधिकारीले जानकारी गराए । उनका अनुसार सो क्षेत्रमा वाइफाईको पनि व्यवस्था गरिएको छ । हेबेई प्रान्तको सिनजियाङभन्दा केही पर रहेको नाङगोङ सहरमा पछिल्ला केही दिनयता कोरोना भाइरसका संक्रमित भेटिएकोले उनीहरूको व्यवस्थापनका लागि आइसोलेसन सेन्टर निर्माण गरिएकाे हो । केही दिनयतादेखि चीनका कतिपय सहरमा कोरोना भाइरसका सङ्क्रमितहरू भेटिएका समाचार आइरहेका छन् ।

चीनको नाङगोङ सहरमा ती आइसोलेसन सेन्टर निर्माणका लागि स्थानीय एक आयोजनाका इन्जिनियर छु पेचिङले नेतृत्व गरेका छन् । उनले आफूले दुई सिफ्टमा गरी तीन सयजना कामदारलाई लगाएर पाँच दिनको बीचमा एक हजार पाँच सयवटा आइसोलेसन कोठा निर्माण गरेको जानकारी गराए । उनले सो क्षेत्रमा मात्र ६ हजार पाँच सयवटा यस्तै कोठा बनाइने योजना रहेको पनि बताए । 

रासस/सिन्ह्वा