१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
प्योङयोङ
२०७७ पौष २२ बुधबार १९:५३:००
Read Time : > 2 मिनेट
फिचर

पछिल्लो पाँच वर्षको हाम्रो आर्थिक योजना असफल भएको छ : किम जोङ उन

Read Time : > 2 मिनेट
प्योङयोङ
२०७७ पौष २२ बुधबार १९:५३:००

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले नेतृत्व गरेको वर्कर्स पार्टीको पहिलो कंग्रेस बैठक पाँच वर्षपछि बोलाएका छन् । पाँच वर्षसम्म एउटा पनि बैठक बोलाउन नसक्नुलाई नेता किमले कमजोरीका रूपमा लिएका छन् । उत्तर कोरियन समाचार संस्था कोरियन सेन्ट्रल न्युजका अनुसार मंगलबार किमले मंगलबार डाकेको बैठकमा सबै पदाधिकारी सहभागी भएका थिए । एजेन्सीका अनुसार यसअघि सन् २०१६ मा किमले कंग्रेस बैठक बोलाएका थिए । त्यसवेला यो बैठक चार दिनसम्म चलेको थियो । सन् १९८० मा पाँच दिन तथा १९७० मा बैठक १२ दिनसम्म चलेको थियो । 

किमले बैठकमा पछिल्लो पाँच वर्षको विकास बजेट तथा योजना प्रस्तुत गरेका छन् । सेन्ट्रल न्युजका अनुसार प्योङयोङमा भएको बैठकमा पार्टीका हजारभन्दा बढी कार्यकर्ता उपस्थित थिए । किमले उपस्थित सबैलाई सम्बोधन गर्दै सुरुमा आफ्नो सफलता र असफलताका बारेमा विश्लेषण गरेका थिए । यस स्थानसम्म पुग्न वर्षाँैदेखिको मिहिनेत लागेको उनको भनाइ थियो । ‘केही दिनयता नराम्रो अनुभव गरिरहेको थिएँ, यस्तो किसिमको अनुभव जीवनमा लिनुपर्छ, जसले अगाडि बढ्न मद्दत मिल्छ, तर यहाँसम्म पार्टीलाई पु¥याउन हामीहरूले वर्षाँैदेखि मिहिनेत गरेका थियौँ,’ किमले भने । 

किमले बैठकमा पछिल्लो पाँच वर्षको आर्थिक योजना असफल भएको स्वीकार गरेका छन् । उनी भन्छन्, ‘हामीहरूले बनाएको पाँच वर्षको योजना असफल भएका छन्, जुन क्षेत्रमा विकास गर्न चाहेका थियौँ, त्यहाँ नै असफलता हात लाग्यो ।’ उनले बारम्बार अर्थतन्त्र असाध्यै बिग्रेको बताए । ‘हामीले पाँच वर्षमा असाध्यै घाटा सामना गर्यौँ,’ उनले भने । 

उत्तर कोरियाको आर्थिक अवस्था बलियो बनाउन किमले विशेष किसिमको योजना बनाएको सेन्ट्रल न्युज एजेन्सीले जनाएको छ । विशेषतः कोरोना भाइरसबाट अर्थतन्त्र ओरालोतर्फ लागेको र यसको उत्थानका निमित्त पाँच वर्षसम्म सबैले कडा मिहिनेत गर्नुपर्ने उनको भनाइ छ । ‘कोरोनाको प्रभाव उत्तर कोरियामा परेको छ, यसको सुधार गर्न अबको पाँच वर्ष मिहिनेतका साथ लाग्नुपर्छ,’ हजारौँ कार्यकर्तालाई विकासतर्फ अग्रसर रहन निर्देशन दिँदै किमले भने । 

यस बैठकमा पार्टीका उच्च नेताहरूले रासायनिक, बिजुली तथा अन्य प्रमुख उद्योगको अवस्थाबारे भनाइ राखेका थिए । ‘जुन क्षेत्र कमजोर बनेका छन्, त्यसमा काम गर्नुपर्छ, सबैले फरक किसिमको टास्कमा काम गर्नुपर्छ,’ किमले भने । अर्थतन्त्र सुधार गर्न टास्कअनुसार गर्नुपर्ने बताए पनि त्यो कस्तो हो भन्ने स्पष्ट पारेका छैनन् । किमले उत्तर कोरियाको बागडोर सम्हालेको नौ वर्ष भएको छ । यसबीचमा उनका कतिपय योजना असफलसिद्ध भए । 

एकलौटी निर्णय र अन्यको विचार नसुन्ने किमले नौ वर्षमा धेरै आलोचना सुने । प्रत्येक वर्ष बोलाउनुपर्ने कंग्रेस बैठक पनि उनले गर्न सकेनन् । यसपटक भने कोभिड–१९ ले अर्थतन्त्रमा धेरै असर गरेका कारण कंग्रेस बैठक बोलाउन उनी बाध्य भएको सेन्ट्रल न्युजले दाबी गरेको छ । ‘नौ वर्षमा आणविक हतियार र यसको प्रक्षेपणमै ध्यान केन्द्रित हुँदा किमले उत्तर कोरियाको अर्थतन्त्र सुधार गर्न नसकेको एउटा प्रमुख कारण हो,’ बैठकमा सहभागी एक सदस्यको भनाइ उद्धृत गर्र्दै सेन्ट्रल न्युजले भनेको छ, ‘अझ कोरोनाले अर्थतन्त्रमै एक किसिमको ब्रेक लाग्यो, यसले ठूलो झट्का व्यहोर्नु परेको छ ।’ 

उत्तर कोरियाको अर्थतन्त्र बिग्रनुको पछाडि अर्को कारण पनि छ । गत वर्ष चीनले एक वर्षसम्म उत्तर कोरियासँग बोर्डर सिल्ड ग¥यो । यसले उत्तर कोरियाले धेरै आर्थिक नोक्सानी व्यहोर्नुप¥यो । उत्तर कोरियाको धेरैजसो उद्योगमा चिनियाँ लगानी छ । एक किसिमले उत्तर कोरियाको ठूलो ट्रेडिङ पार्टनर चीन हो । दक्षिण कोरियाको सोलस्थित आइबिके इकोनोमिक अनुसन्धान संस्थाका विशेषज्ञ सोङ जोएले ११ महिना चीनसँगको बोर्डर सिल्ड हुँदा उत्तर कोरियाले अर्थतन्त्रमा ७९ प्रतिशत घाटा सहनुपरेको थियो ।

‘एक वर्ष बोर्डर सिल्ड हुँदा उत्तर कोरियाले चीनसँगको व्यापारमा ७९ प्रतिशत घाटा व्यहोरेको थियो,’ सोङले सेन्ट्रल न्युजलाई भने । पश्चिमेली तथा अमेरिकाले प्रतिबन्ध लगाउँदा पनि उत्तर कोरियाको अर्थतन्त्र पछाडि परेको ती सदस्यको भनाइ छ । उनी भन्छन्, ‘हामीमाथि बोर्डर सिल्ड गरियो, अमेरिकाजस्तो राष्ट्रले प्रतिबन्ध लगाउँदा पनि किमको रणनीति असफल भएको निष्कर्ष निकालेका छौँ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध सुधार गर्न नसक्नु पनि किमको कमजोर भएको बैठकमा सहभागीले मत राखेका छन् ।

यद्यपि, नवनिर्वाचित राष्ट्रपति जो बाइडेनपछि उत्तर कोरियाले कस्तो किसिमको रणनीति लिने भन्ने बैठकको प्रमुख एजेन्डा बनेको थियो । यता नेता किमले पनि बाइडेनको आगमनले अमेरिकासँगको सम्बन्धमा सुधार हुने विश्वास दिलाए । ‘बाइडेन प्रशासनले उत्तर कोरियासँग कस्तो सम्बन्ध राख्छ, त्यसमा निर्भर गर्छ,’ किमको भनाइ उद्धृत गर्दै ती नेताले भने, ‘हामी पनि त्यहीअनुसार रणनीति बनाउँछौँ ।’ यो नौ वर्षमा किमले प्रत्येक दिनजसो पार्टीका वरिष्ठ नेताहरूसँग छलफल गर्थे । यही छलफलबीच ठूला निर्णय पनि भएका छन् । 
–एजेन्सीको सहयोगमा