मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २० सोमबार १६:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीले देशलाई गृहयुद्धमा धकेले : कृष्ण पहाडी [भिडियाेसहित]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २० सोमबार १६:०९:००

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गरेका छन् । 

सोमबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताएका हुन् । 

उनले लामो संघर्षपछि प्राप्त उपलब्धिहरूलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको बताए । संसदमा अविश्वास प्रस्ताव आउँदै छ भन्ने आशंका भएपछि प्रधानमन्त्री ओलीले संसद्को प्राण हरण गरेको पनि बताए । 

यस्तै उनले प्रधानमन्त्री ओली सत्तामा पुगेपछि पटकपटक गैरसंवैधानिक कार्यको सिलसिलालाई प्रारम्भ गरेको पनि आरोप लगाए । सर्वोच्च अदालतले संसद् विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधनमन्त्रीले संविधान विघटन गर्न सक्ने बताए । 

अधिकारकर्मी पहाडीले नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरू अहिले संविधान रक्षाका लागि सडकमा उत्रिएको, तर संविधान उत्कृष्ट छ भन्नेहरूले संविधानको पाना च्यात्ने काम गरेको पनि बताए ।