१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पूर्वप्रहरी चन्दको गिरफ्तारीप्रति कांग्रेसको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:१३:oo

कांग्रेसका सदस्यसमेत रहेका पूर्वप्रहरी डिल्लीबहादुर चन्दको गिरफ्तारीलाई लिएर कांग्रेसले आपत्ति जनाएको छ । कांग्रेसले विद्युतीय कारोबार ऐनको दुरुपयोग बन्द गर्दै चन्दको तत्काल रिहाइको माग गरेको छ । 

‘कोरोनाको महामारी चलिरहेका वेला दल विभाजनको अध्यादेश ल्याउनु, सांसद अपहरणको अभियोग लाग्नु, मुद्दा दर्ता नगर्न प्रहरीलाई दबाब दिनुजस्ता घटना भएका वेला एक होइन हजारौँ डिल्ली चन्दहरूले घटनाको विरोध गरेर सामाजिक सञ्जालमा लेखेकै हुन्,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत भनेका छन्,  ‘त्यस प्रकृतिको कुनै लेखाइले कुनै पनि व्यक्तिलाई गाली–बेइज्जती गरेको स्थिति हो भने त्यस्तो घटनामा कारबाहीका लागि ०७४ मा जारी गरिएको मुलुकी अपराध संहितामा अलग्गै व्यवस्था छ । तर, त्यो कानुनी प्रक्रियाभन्दा विपरीत गएर प्रतिशोधपूर्ण ढंगले  गिरफ्तार गर्नु भनेको सत्ताको आडमा विद्युतीय कारोबार ऐन र प्रहरीसमेतको दुरुपयोग गरिएको उदाहरण हो।’

पूर्वप्रहरीसमेत रहेका चन्द नेपालगन्जकाे स्थानीय एक निजी क्षेत्रको कार्यालयमा सुरक्षागार्डका रूपमा कार्यरत छन् । नेकपा ओली समूहका नेता महेश बस्नेतलाई फेसबुकमा गाली गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको छ ।

ad
ad