
सल्यानको शारदा नगरपालिकाकी १५ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ ।
आमाबुबाको संरक्षणमा नरहेकी ती बालिकालाई शारदा नगरपालिका– ४ का २२ वर्षीय सुरेस बस्नेत र २२ वर्षीय मनोज गिरीले बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले जानकारी दिए ।
पीडित बालिकाको आमा नभएको र सुस्त मनस्थितिका बुबा पनि रोजगारीका सिलसिलामा अन्य जिल्लामा गइरहने हुँदा बालिका आफन्तहरूको घरमा बस्ने गरेकी प्रहरीले जनाएको छ ।
बुबाआमाको संरक्षण नपाएपछि बालिका कहिले काकी, कहिले मामा र कहिले आफूसँग बस्दै आएको बालिकाकी माइलीआमाले जानकारी दिइन् ।
आफन्तहरूकोमा बस्ने क्रममा आफूसँग बस्दै आएकी बालिकालाई आफू घरमा नभएको समयमा यही ८ गते बेलुका बालिका बलात्कार गरेको भन्दै आरोपितविरुद्ध पीडित पक्षले प्रहरीमा दिएको उजुरीको आधारमा आरोपित दुवैजनालाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
आरोपित दुवैजनालाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
केही समयअघि मात्रै ती बालिकालाई ललाइफकाई बालविवाह गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।
आर्थिक अवस्था कमजोर भएको फाइदा उठाउँदै बागचौर नगरपालिका– १ कोटबेतनिवासी २७ वर्षीय महेश बस्नेतले घरमा श्रीमती हुँदाहुँदै बहुविवाह गरेको थाहा पाएपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए ।