१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार ११:४३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेशका मन्त्री बोहरा बर्खास्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार ११:४३:oo

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा मन्त्री पदबाट बर्खास्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री बोहरालाई बर्खास्त गरेका हुन् । 

मुख्यमन्त्री भट्टका स्वकीय सचिव शिवसिंह ओलीले मन्त्री बोहरालाई संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले पदमुक्त गरेको जानकारी दिए ।

नेकपा विभाजनपछि प्रचण्ड–माधव समूहका केही नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मन्त्री बोहरालाई हटाउन मुख्यमन्त्रीलाई दबाब दिँदै आएका थिए ।

मन्त्री बोहराको ठाउँमा कसलाई नियुक्त गर्ने भन्नेबारे छलफल भइरहेको नेकपा (प्रचण्ड–नेपाल समूह) का एक नेताले बताए ।

मुख्यमन्त्रीका स्वकीय सचिव ओलीले भने केही दिनसम्म उक्त मन्त्रालय मुख्यमन्त्रीले आफ्नैमातहत राख्ने बताए । 

प्रचण्ड–नेपाल समूहका प्रदेश इन्चार्ज भीम रावलसँगको परामर्शपछि मुख्यमन्त्री भट्टले मन्त्री बोहरालाई पदमुक्त गरेका बताइएको छ ।

सात सदस्यीय प्रदेश मन्त्रिपरिषदमा ओली समूहबाट मन्त्री बनेका बोहरा एकजना मात्र हुन् । सुदूरपश्चिम प्रदेश सभामा ओली पक्ष कमजोर छ । 

५३ सदस्यीय प्रदेश सभामा सभामुखसहित नेकपाका ३९ जना सदस्य छन् । 

ओली समूहमा हालसम्म सातजना खुलेका बताइएको छ ।

ad
ad