Skip This
Skip This
Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ७ शुक्रबार
  • Friday, 23 October, 2020
ad
रुचिर शर्मा
२०७७ असोज ३० शुक्रबार ०७:३२:००
दृष्टिकोण प्रिन्ट संस्करण

एशियाली चमत्कार : भियतनाम

रुचिर शर्मा
२०७७ असोज ३० शुक्रबार ०७:३२:००

चीनमा कोभिड–१९ को पहिलो बिरामीको घोषणा भएको केही समयमै भियतनामले कोरोना भाइरस नियन्त्रण प्रयास सुरु गर्‍यो । फोन म्यासेज, टिभी, बिलबोर्ड, पोस्टर र लाउडस्पिकरको सहयोगबाट सरकारले देशका दश करोड नागरिकलाई भाइरस संक्रमित पहिचानको तरिका मात्रै सिकाएन, तिनको सम्पर्कमा आउने मानिसको पहिचान गर्न पनि प्रोत्साहित गर्‍यो । संक्रमणविरुद्ध तीव्र कदम चालेकाले भियतनाम कोरोनाबाट सबैभन्दा न्यून मृत्युदर हुने चार देशमा परेको छ । 

 महामारी नियन्त्रणमा राख्न सकेकाले भियतनामले केही समयपछि नै व्यवसाय सुचारु राख्यो । यो वर्ष भियतनाममा विश्वकै सबैभन्दा तीव्र आर्थिक वृद्धि हुने प्रक्षेपण छ । धेरै देशले ठूलो आर्थिक संकुचन सामना गरिरहेको र आइएमएफबाट वित्तीय उद्धारका लागि कुदिरहेका वेला भियतनाम तीन प्रतिशतको दरले बढिरहेको छ । अझ असाधारण कुरा विश्वव्यापी व्यापार धराशयी हुँदा पनि भियतनामको आर्थिक वृद्धि मुख्यतः व्यापारिक मौजादले निर्देशित गरिरहेको छ । 

भियतनाममा यी परिवर्तनका लागि लामो समयदेखि काम चलिरहेको थियो । दोस्रो विश्वयुद्धपछि पहिले जापान, त्यसपछि ताइवान तथा दक्षिण कोरिया र सबैभन्दा पछि चीनले हासिल गरेको अभूतपूर्व विकासका कारण तिनलाई ‘एसियन मिर्‍याकल’ भनिन्छ । व्यापार तथा लगानीलाई अँगालेर ती आर्थिक पावरहाउस बने । 
एउटा बिलकुल नयाँ युगमा भियतनामले उही मार्ग समातेको छ ।

दोस्रो विश्वयुद्धपछिको ‘बेबी बुम’ अवधिको अन्त्य भइसकेको छ । व्यापार तथा लगानीको बढ्दो प्रवाह तथा तीव्र विश्वव्यापीकरणको युगको पनि अन्त्य भइसकेको छ । यस परिस्थितिमा विगतका मिर्‍याकलहरूले महाशक्तिहरूबाट नपाएको अप्ठ्याराहरू भियतनामले पाउन थालिसकेको छ । अघिल्लो हप्ता अमेरिकाले औपचारिक रूपमा भियतनाममाथि मुद्रालाई नियतवश घटबट गरेको आरोप लगायो । यस्तै आरोपले चीनसँग व्यापार युद्ध भएको थियो । 

भियतनामको निरन्तको वृद्धिमा सबैभन्दा ठूलो खतरा त्यहाँको अधिनायकवादी पार्टीबाट आउन सक्छ । विपक्षीको अनुपस्थितिमा सरकारले तीव्र विकास हासिल गर्न त सक्छ, तर तिनको स्वच्छन्द नीतिले सधैँ वृद्धि कायम राख्न सक्दैन । विगत तीन दशकमा भियतनामले चामत्कारीक वृद्धिदरलाई कायम राखेको छ । सन् २०१० मा विश्वव्यापी व्यापारमा सुस्तता आउँदा पनि भियतनामको निर्यात प्रतिवर्ष १६ प्रतिशतले बढिरहेको थियो । अन्य उदाउँदा राष्ट्रले मतदातालाई खुसी पार्न सामाजिक कल्याणमा अत्यधिक खर्च गरिरहँदा भियतनामले उसको स्रोतलाई निर्यातमा लगायो ।

सामान विदेश लाने सडक र बन्दरगाह निर्माण गर्‍यो । श्रम जनशक्तिको शिक्षाका लागि विद्यालयहरू निर्माण गर्‍यो । सरकारले प्रत्येक वर्ष नयाँ परियोजना निर्माण गर्न कुल गार्हस्थ उत्पादनको आठ प्रतिशत लगानी गर्दै आएको छ । यसैकारण भियतनामको पूर्वाधारको गुणस्तर उसकै विकास चरणमा पुगेका देशको तुलनामा राम्रो छ । विगत पाँच वर्षमा, भियतनाममा देशको कुल गार्हस्थ उत्पादनको ६ प्रतिशत प्रत्यक्ष वैदेशिक लगानी आइरहेको छ । यो उदीयमान देशहरूमध्ये सबैभन्दा उच्च हो । 

घट्दो जनसंख्या दर, खुम्चिँदो विश्वव्यापी व्यापार तथा अधिनायकवादी सरकारजस्ता अवरोधका बाबजुद भियतनामले आर्थिक वृद्धि कायम राखिरहन सक्ला ? भन्ने प्रश्न पनि उठ्न थालेको छ ।
 

सस्तो ज्याला खोज्दै चीनबाट बाहिरिरहेका निर्यात उद्यामीहरूको उत्कृष्ट गन्तव्य पनि भियतनाम नै बनेको छ । सन् १९८० को दशकको अन्तिमयता भियतनामी नागरिकको वार्षिक प्रतिव्यक्ति आय पाँच गुणाले बढेको छ । यद्यपि त्यहाँको ज्यालादर अझै पनि चीनको भन्दा आधा छ । अझ भियतनामी श्रमशक्ति निकै शिक्षित छ । यही कारण भियतनामले निकै उच्चस्तरको सामग्री निर्माण गर्न सकेको छ । व्यापार संरक्षणवादले प्रश्रय पाउन थालेको समयमा भियतनाम अलग पनि देखिएको छ । भियतनामको कम्युनिस्ट सरकारले खुला सीमाको वकालत गर्दै एक दर्जनभन्दा बढी खुला व्यापार सम्झौतामा हस्ताक्षर गरेको छ । 

घट्दो जनसंख्या दर, खुम्चिँदो व्यापार तथा अधिनायकवादी सरकारजस्ता अवरोधका बाबजुद भियतनामले आर्थिक वृद्धि कायम राखिरहन सक्ला ? हुन त भियतनामको कामकाजी जनसंख्याको वृद्धिदर घटिरहेको छ, तर अझै पनि धेरै भियतनामी ग्रामीण क्षेत्रमा बसोवास गर्छन् । यसैले भावी दिनमा सहरी उद्योगलाई आवश्यक पर्ने श्रमिकको अभाव गाउँले पूर्ति गर्नेछ ।

विश्वव्यापी व्यापारमा संकुचन आएको भए पनि भियतनामको निर्यात हिस्सा बढिरहेकाले यसमा पनि त्यति समस्या देखिँदैन । हालसम्म त्यहाँको सरकारले अन्य अधिनायकवादी सरकारले जस्तो कुनै नीतिगत गल्ती गरेको छैन । दोस्रो विश्वयुद्धपछि अत्यन्त तीव्र दरमा वृद्धि भएका अधिकांश अर्थतन्त्र ( जो पछि आर्थिक समस्यामा फसे)मा पनि अधिनायकवादी सरकारनै थिए । 

भियतनाममा हालसम्म बलियो वृद्धि देखिन्छ र अर्थतन्त्रमा ठूलो स्तरको बजेट घाटा वा सार्वजनिक वित्तजस्ता समस्या पनि देखिँदैन । एउटा समस्या विशाल सरकारी स्वामित्वका कम्पनीहरूबाट आउन सक्छ । विभिन्न चरणको निजीकरणपछि सरकारको स्वामित्वमा निकै कम उद्योग छन् । तर, सरकारको स्वामित्वमा रहेका उद्योग ठूला भएकाले अझै पनि अर्थतन्त्रको एकतिहाइ उत्पादन यही क्षेत्रबाट हुन्छ ।

समस्या सुरु भयो भने यही भीमकाय सरकारी उद्योगबाट सुरु हुन सक्छ । किनकि बैंकिङ प्रणालीका अधिकांश खराब ऋण यही उद्योगसँग जोडिएका छन् । उल्लेखनीय कुरा, बढ्दो ऋणले निम्त्याएको वित्तीय संकटले जापान, दक्षिण कोरिया र ताइवानको स्थिर वृद्धिदर अन्त्य गरिदिएको थियो । अहिले चीनमा पनि यही डर छाइरहेको छ । अहिलेका लागि भने भियतनाममा जे भइरहेको छ, त्यो आर्थिक चमत्कार हो र यसमार्फत ऊ समृद्धितर्फ अघि बढिरहेको छ । 

रुचिर शर्मा ‘मोर्गन स्ट्यानले इन्भेस्टमेन्ट म्यानेजमेन्ट’का प्रमुख विश्व रणनीतिकार हुन् ।