१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
२o८१ बैशाख २५ मंगलबार o६:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

दसैँ आयो, गुलजार छैन असन (फोटो र भिडियो रिपोर्ट) 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:२५:oo

भनिन्छ, कुनै पनि सामान अन्त कतै नपाए असन जानु । जन्मदेखि मृत्यु संस्कारसम्मका हरेक सामान पाइने बजार हो, असन । त्यसैले त काठमाडौंको पुरानो मुख्य बजार असनमा बाह्रै महिना व्यापारिक भिड हुन्थ्यो ।असन क्षेत्रमा हिँड्दा एक–अर्कामा ठोक्किनु सामान्यजस्तै थियो अर्थात् किनमेलका लागि ठेलमठेल भिड लाग्नु नै असनको पहिचान थियो । 

अझ दसैँ–तिहारजस्ता ठूला चाडको मुखमा त असन छिचोल्न महाभारत नै पर्थ्याे । भोटाहिटीदेखि इन्द्रचोकसम्म आउजाउ गर्दा पाइला कहाँ पर्छ मेसो हुँदैनथ्यो, यता र उता ठेलिएर हुत्तिँदै पुगिन्थ्यो । किनमेलका लागि पनि पसलमा पालो कुर्नुपर्थ्याे । 

तर, कोरोनाकालको यो दसैँमा असन गुलजार छैन । दसैँ आँगनमै आइसक्दा असनमा विगतको सामान्य अवस्थामा जस्तो मात्रै चहलपहल छ । असनका गल्ली वारपार गर्नेको संख्या पातलो छ, अझ यीमध्ये पनि निकै कम मान्छे किनमेलका लागि पसल छिर्छन् । 

बजारमा नयाँ सामान पनि पर्याप्त उपलब्ध छैनन् । कोरोना त्रासले असनको रौनक नै बदलिदिएको छ । दसैँ आएजस्तो छैन असन । ग्राहक पातलिएपछि व्यापारीलाई भ्याइनभ्याई हुने कुरै भएन ।

बिहानैदेखि सटर खोलेर व्यापारीहरू ग्राहकको प्रतीक्षामा हुन्छन् । तर, साँझसम्म पनि फाट्टफुट्ट मात्रै ग्राहक आउँदा निराश भएर सटर बन्द गर्छन् । ९० प्रतिशत व्यापार घटेको बताउँछन् व्यापारी ।

ऐतिहासिक बजार असनमा पुस्तौनी व्यापार गर्नेहरू पनि धेरै छन् । बाजेको पालादेखि सुरु उही व्यापारलाई अहिले नातिसम्मले निरन्तरता दिएका छन् । त्यस्ता पसलका नियमित ग्राहक हुन्छन् । निश्चित सामान यो पसलमा पाइन्छ भनेर टाढा–टाढादेखि ग्राहक आइपुग्छन् । तर, त्यस्ता ग्राहकलाई असन छिर्न अहिले कोरोनाको बार लागेको छ । 

कुमार आचार्य असनमा २४ वर्षदेखि व्यापार गर्दै आएका छन् । लत्ताकपडाको व्यापार छ उनको । तर, यसपालिजस्तो सुनसान असन उनले २४ वर्षमा कहिल्यै देखेका थिएनन् । यो दसैँमा विगतको सामान्य अवस्थामा हुनेभन्दा पनि ९० प्रतिशत व्यापार खुम्चिएको उनी सुनाउँछन् । असनका सबै व्यापारीको अवस्था उस्तै रहेको उनको भनाइ छ ।

दसैँको समयमा खासगरी लत्ताकपडा र जुत्ताको व्यापार नै बढी हुने गर्छ । यो समय असन क्षेत्रमा भारी बोकेर जीविका धान्नेहरूलाई पनि भ्याइनभ्याई हुन्थ्यो । तर, अहिले व्यापारी नै फुसर्दिला छन्, भरियाले कहाँ भारी पाउनु ?

ad
ad