१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
एजेन्सी
२o८१ बैशाख ३१ सोमबार १९:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
फिचर

माइक्रोसफ्टले कर्मचारीलाई स्थायी रूपमै घरबाट काम गर्न दिने 

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १९:३o:oo

माइक्रोसफ्टले उसका कर्मचारीलाई स्थायी रूपमा घरबाटै काम गर्न दिने निर्णय गरेको छ । त्यसका लागि भने म्यानेजरबाट अनुमति लिनुपर्ने कम्पनीले जनाएको छ ।

यसअघि अरू दुई अमेरिकी कम्पनी फेसबुक र ट्विटरले पनि यस्तै घोषण गरेका छन् । उनीहरूले आफ्नो कर्मचारीका लागि ‘वर्क फ्रम होम’को नीति स्थायी रूपमै लागू गरिने जनाएका छन् । कोरोना भाइरस (कोभिड– १९) महामारीका कारण यी कम्पनी आफ्नो कर्मचारीको कार्यशैलीमा परिवर्तन गर्न बाध्य भएका हुन् ।

कर्मचारीहरूले घरबाटै काम गर्ने भएपछि कम्पनीहरूले कार्यालयको ‘स्पेस’ घटाउने प्रयास गरेका छन् । माइक्रोसफ्टले केही कर्मचारीले भने कार्यालयमै आएर काम गर्नुपर्ने जनाएको छ । कार्यालयमा रहेको हार्डवेयर प्रयोग गर्नुपर्ने कर्मचारीलाई कार्यालयमै आएर काम गर्नुपर्ने माइक्रोसफ्टले जनाएको छ । ‘हाम्रो उद्देश्य भनेको आफ्नो इच्छासहित धेरै काम गराउने हो । त्यसमा कम्पनीले नेतृत्व गर्ने छ, जसले यो प्रकृतिको कार्यशैलीको विकास र प्रवद्र्धन गर्नेछ,’ माइक्रोसफ्टका प्रवक्ताले भनेका छन्, ‘यो नियम धेरै ठाउँमा रहेर काम गर्ने हाम्रा कर्मचारीको हकमा लागू हुनेछ ।’

धेरै कम्पनीले सुरुवातमा घरबाटै काम गर्नु अपेक्षा गरिएकोभन्दा बढी लाभदायक भएको जनाएका थिए । महिना बित्दै जाँदा त्यसका केही बेफाइदा पनि देखिए । उदाहरणका लागि एउटा सम्मेलनमा माइक्रोसफ्टका प्रमुख कार्यकारी सत्य नदिल्लाले भने, ‘घरबाट काम गर्दा कार्यालय र व्यक्तिगत जीवनबीच कुनै परिवर्तन देखिएन । त्यसले गर्दा कर्मचारी अफिसको समयमा पनि घरमा सुतिरहेको जस्तै हुँदोरहेछ ।’ कम्पनीहरूले जारी संकटभन्दा पछिसम्मलाई हेरिरहेको अवस्थामा प्राध्यापक ब्लुम भन्छन्, ‘सातामा दुई दिन बिदा र बाँकी तीन दिन कार्यालयका लागि छुट्याउने गरी नीति तयार पार्न प्रयास गरिरहेका छन् । यसबाट उनीहरू कामको नयाँ शैली र संस्कार तयार पार्न चाहन्छन् ।’ 

अमेरिकामा गत मेमा गरिएको एउटा ‘सर्भे’ले २२ प्रतिशत कर्मचारीले कोरोना भाइरस संक्रमण रोकिएपछि पनि घरबाटै काम गर्ने अपेक्षा गरेका छन् । यो संख्या गत वर्ष मात्रै सात प्रतिशत थियो । सोही सर्भेका अनुसार कम्पनीहरू भने कम्तीमा आफ्ना कर्मचारीहरूले हप्तामा एक दिन भए पनि घरबाटै काम गरुन् भन्ने चाहेको देखिएको छ । ८० प्रतिशतभन्दा बढी कर्मचारीले कम्पनीहरूको उक्त प्रस्तावलाई स्वीकार गरेका छन् ।

विश्लेषकहरू भने यो नयाँ परिवर्तनको असर अरू क्षेत्रमा पनि देखिने तर्क गर्छन् । यसले गर्दा क्षेत्रफलको दृष्टिकोणबाट कार्यालय सानो बन्नेछ । सहरको महँगो ठाउँमै कार्यालय लिने चलन पनि बिस्तारै कम हुँदै जानेछ । यसकै प्रभाव हुन सक्छ, धेरै ठाउँमा अहिले नै भाडा घटिसकेको छ ।प्राध्यापक ब्लुमको तर्क पनि उस्तै छ । ‘यो समय न्युयोर्क र सनफ्रान्सिस्कोमा भाडादर सन् २००५ को अवस्थामा पुगिसकेको छ,’ उनी भन्छन्, ‘यसको मतलब कार्यालयहरू रित्तै हुन्छन् र मूल्य पूरै घट्छन् भन्नेचाहिँ होइन ।’
 

ad
ad