१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ असोज ४ आइतबार
  • Friday, 04 July, 2025
२o७७ असोज ४ आइतबार १o:१३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

भुष्मेका अधिकांश कृषक तरकारी खेतीमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ असोज ४ आइतबार १o:१३:oo

लमजुङको मर्स्याङ्दी गाउँपालिका-८ भुष्मेमा केही वर्षअघि बाँझो रहेका जग्गा यतिवेला तरकारी खेतीले हरियाली भएका छन् । भुष्मेका अधिकांश कृषक तरकारी खेतीमा लागेका छन् । किसानले काउली, बन्दा, गोलभेंडालगायतका तरकारीको खेती गरेका छन् । 

यसअघि तरकारी किन्दै आएका स्थानीयले अहिले घरैपिच्छे तरकारी लगाएका छन् । स्थानीय विष्णुमाया तामाङका अनुसार गाउँका ५५ घरपरिवार नै तरकारी खेतीमा व्यस्त छन् । 

‘पहिले किनेर काम चलाउने गरेका थियौँ अहिले आफैँले गर्नुपर्छ भन्ने बुझेपछि घरघरमा टनेल बनाएका छौँ,’ उनले भनिन्, ‘आफैँले तरकारी फलाउन थालेपछि आफूलाई खान र बिक्री गरेर २–४ पैसा आम्दानी गर्न सजिलो भएको छ  ।’ 

स्थानीय होमराज तामाङले अहिले सिंगो गाउँ नै तरकारीमा आत्मनिर्भर भएको बताए । उनले भने, ‘कोरोनाको महामारीका समयमा गाउँका सबै किसान तरकारी खेतीमा व्यस्त छन् । गाउँलेको दैनिकी तरकारी खेतीमै बित्ने गरेको छ ।’ 

०७१ सालेदखि तरकारी खेती गर्दै आएकी नीलमाया तामाङले आठ रोपनी जग्गामा अहिले व्यावसायिक तरकारी खेती गरेकी छिन् । उनले ५/६ वटा टनेल निर्माण गरी मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएको बताइन् । उनले भनिन्, ‘पहिलेका दिनमा दुई–चार पैसा देख्न पनि रहरै हुन्थ्यो, अहिले त महिनामा नै ५० हजार आम्दानी हुन्छ ।’