मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ भदौ २८ आइतबार १०:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पहिरो प्रभावितलाई भेट्न सभामुख सिन्धुपाल्चोकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ भदौ २८ आइतबार १०:३२:००

सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ७ का पहिरो प्रभावितलाई भेट्न आइतबार बिहानै प्रभावित क्षेत्र पुगेका छन् । स्थलमार्ग हुँदै उनी सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका हुन्। 

पहिरोले घुम्थाङको नागपुजे र भिरखर्कमा क्षति पुगेको जानकारी पाएपछि सभामुख बिहानै त्यसतर्फ लागेका थिए।

सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपाने भन्छन्, ‘पहिरोले क्षति भएको जानकारी आयो। त्यसपछि सभामुखज्यू तत्कालै प्रभावित क्षेत्र हिँड्नुभएको हो।’

तस्बिर : सभामुख सापकाेटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेकाे फेसबुकबाट