Skip This
कामना सेवाद्वारा साउन महिनाको ब्याजमा छुट 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ भदौ १८ बिहीबार
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ भदौ १८ बिहीबार o४:५३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कामना सेवाद्वारा साउन महिनाको ब्याजमा छुट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ भदौ १८ बिहीबार o४:५३:oo

कामना सेवा विकास बैंकले कोभिड–१९ का कारण यातायात क्षेत्र, पर्यटन तथा होटेल व्यवसाय सबैभन्दा बढी प्रभावित भएको निष्कर्ष निकाल्दै ब्याजमा छुट दिने भएको छ । बैंकले ती क्षेत्रअन्तर्गत व्यवसाय विस्तारका लागि कर्जा लिई कारोबार गर्दै आएका ग्राहकलाई ब्याजमा छुट दिने निर्णय गरेको हो । 

योजनाअन्तर्गत यस्तो कर्जा लिएका ग्राहकले असार मसान्तसम्मको बक्यौता रकम २०७७ साल साउन मसान्तसम्म भुक्तानी गरेका ग्राहकलाई साउन महिनाको ब्याज रकममा ५० प्रतिशत छुट दिएको जनाइएको छ ।

त्यस्तै, होटेल, रेस्टुरेन्ट व्यवसायअन्तर्गत ग्राहकलाई साउन महिनाको ब्याजमा ७० प्रतिशतसम्म ब्याज छुट दिइसकेको बैंकले जनाएको छ । उक्त समयसीमाभित्र आफ्नो बक्यौता रकम भुक्तान गर्न नसकेका ऋणीलाई समेत यो योजनामा सहभागी गराउने उद्देश्य राखी त्यस्ता बाँकी ग्राहकले साउन महिनाको तिर्नुपर्ने रकम चुक्ता भुक्तान गरेमा समेत यो योजनाको लाभ उठाउन सक्ने बैंकले जनाएको छ । 

साथै, व्यावसायिक प्रयोजनका लागि हायर पर्चेज कर्जा लिएका ग्राहकले हालसम्मको सम्पूर्ण बक्यौता रकम भुक्तान गरेमा यस त्रयमासको ब्याजदर ९.९९ प्रतिशत कायम गरिने योजना ल्याएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले बताए । बैंकले देशका विभिन्न भागमा १ सय २४ शाखा तथा ६६ एटिएममार्फत बैंकिङ सुविधा दिइरहेको जनाएको छ ।