मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ भदौ ११ बिहीबार १७:३३:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

सुबिसुका ग्राहकले सम्पूर्ण जानकारी सेल्फ केयर पोर्टलबाटै पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ भदौ ११ बिहीबार १७:३३:००

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले आफ्ना ग्राहकका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।

यस पोर्टलको प्रयोगबाट ग्राहकले खरिद गरेको सेवाबारे विविध जानकारी लिन सक्नेछन् । साथै अनलाइन भुक्तानीबाट सेवा नवीकरण गर्न, हालको सेवालाई चाहेअनुरूप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न पनि सकिनेछ । यो सेवाबाट ग्राहकले सहज महसुस गर्नुका साथै सेवाको पारदर्शिता पनि हुने विश्वास कम्पनीको छ । आगामी दिनमा यस पोर्टलमा विभिन्न उपयोगी सेवा पनि थपिने सुबिसुद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिनेछ । साथै   www.subisu.net.np मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिनेछ ।

सुबिसु केबल नेट प्रालि ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एमपिएलएस भिपिएनएस, व्यान एथर्नेट,  होलसेल आइपी ट्रान्जिट, एम.भिपी, डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन प्रदान गर्दै आएको छ ।