Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ८ बिहीबार
  • Thursday, 24 September, 2020
रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण २९ बिहीबार १४:२२:००
कोरोना अपडेट डिजिटल संस्करण

भारतमा एकैदिन ६७ हजार काेराेना संक्रमित थपिए

रासस/एएनआई नयाँ दिल्ली
२०७७ श्रावण २९ बिहीबार १४:२२:००

भारतमा एकैदिन झन्डै ६७ हजार कोरोना संक्रमित थपिएका छन् । 

भारतीय सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ६६ हजार नौ सय ९९ जना नयाँ संक्रमित भेटिएका हुन् । 

याेसमेत भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २३ लाख ९६ हजार ६ सय ३८ पुगेको अधिकारीहरूले जनाएका छन् ।

त्यसमध्ये १६ लाख ९५ हजार नौ सय ८२ जना निको भइसकेका छन् । हाल सक्रिय संक्रमित भने ६ लाख ५३ हजार ६ सय २२ जना मात्र छन् । 

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घन्टामा नौ सय ४२ जनाको कोरोना संंक्रमितको निधन भएको जनाएको छ । योसँगै भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ४७ हजार ३३ पुगेको छ । 

अधिकारीहरूका अनुसार सबैभन्दा धेरै महाराष्ट्रमा एक लाख ४७ हजार आठ सय २० जना र दोस्रो धेरै आन्ध्र प्रदेशमा ९० हजार चार सय २५ जना अझै पनि संक्रमित अवस्थामा छन् ।