Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १२ सोमबार
  • Monday, 28 September, 2020
२०७७ श्रावण २३ शुक्रबार १२:५७:००
समाचार

दोलखाको खारेमा पहिरो जाँदा एक मजदुरको घटनास्थलमै मृत्यु, दर्जनौं घरपरिवार विस्थापित 

२०७७ श्रावण २३ शुक्रबार १२:५७:००

दोलखाको गौरीशंकर गाउँपालिका स्थित खारे गाउँमा आएको  पहिरोमा परि एक मजदुरको  मृत्युु भएको छ भने दर्जनौंको संख्यामा घरपरिवार विस्थापित भएका छन् ।  

गाउँपालिकाको वडा नम्बर ८ स्थित खारे गाउँको टुइनटारमा गयराति पहिरो जाँदा एक मजदुरको मृत्यु हुनका साथै दर्जन धेरै घरपरिवार विस्थापित भएका हुन् । 
पहिरोमा परि अन्य तीन जना घाइते भएको स्थानीय प्रशासनले जनाएको छ ।

मृत्यु हुनेमा कालिञ्चोक गाउँपालिका–८, स्थायी घर भइ सिंगटीको ग्रील उद्योगमा कार्यरत सुनखानीका २८ वर्षीय सुरेश शिवाकोटी रहेको प्रहरीले जनाएको छ ।

 मृतक शिवाकोटी कामको सिलसिलामा टुनिटार पुगेको इलाका प्रहरी कार्यालय सिंगटीले जनाएको छ । पहिरोमा परेका शिवाकोटीको घटनास्थलमै  मृत्यु भएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रमुख सुनजित तामाङले जानकारी दिए । 

प्रहरीका अनुसार गौरीशंकर ६ स्थित गुरुम्फी बजारमा नजिकैको सुरी खोलाको बाढीले क्षति पुर्‍याएको छ ।  खोलको बाढी बजारमा छिर्दा एक स्वास्थ्यचौकीमा प्नि क्षति पुर्‍याएको छ ।  

जलविद्युत आयोजनामा समेत क्षती , साइरनमा खतराको संकेत 
पहिरोका कारण दोलखाको उत्तरी क्षेत्रमा निर्माणाधिन तथा सम्पन्न भइसकेका  दर्जनौं जलविद्युत आयोजनाहरुमा समेत क्षती पुगेको छ ।  लगातारको वर्षात्का कारण तामाकोसी नदीको बहाब बढेपछि नदी किनारमा राखिएका साइरनहरुमा समेत खतराको संकेत देखा परेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए ।

उनले राति देखिनै नदी आसपासका क्षेत्रमा बसोबास गरिरहेका स्थानीयहरुलाई सुरक्षित हुन आग्रह गर्दै उच्च सुरक्षा सतर्कता अपनाइएको बताएका छन् । प्रजिअ शर्माले अझै केहि दिन पानीको बहाब बढ्न सक्ने भन्दै सुरक्षित हुन सबैलाई आग्रह समेत गरेका छन् ।