Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2020
एजेन्सी
२०७७ श्रावण २१ बुधबार ११:२०:००
विश्व डिजिटल संस्करण

बेरुतमा शक्तिशाली धमाका हुँदा कम्तीमा ७८ को मृत्यु, चार हजारभन्दा बढी घाइते

एजेन्सी
२०७७ श्रावण २१ बुधबार ११:२०:००

लेबनानको राजधानी बेरुतमा शक्तिशाली धमाका हुँदा कम्तीमा ७८ जनाको मृत्यु भएको छ । 

राजधानी बेरुतमा भएको उक्त शक्तिशाली धमाकामा परी ४ हजारभन्दा बढी मानिस धाइते भएको बिबिसीले जनाएको छ । 

उक्त धमाकाबाट राजधानी बेरुत पूरै सहर हल्लिन पुगेको थियो । धमाकाको सुरुवात आगलागीबाट भएको थियो भने त्यसपछि ठूलो धुवाँको मुस्लो देखापरेको थियो । 

राष्ट्रपति मिखेल अउनले दुई हजार सात सय ५० टन आल्मुनियम नाइट्रेड ६ वर्ष अघिदेखि असुरक्षित तरिकाले भण्डारण गरेर राखेको स्थानमा विस्फोट हुन पुगेको जनाएका छन् । 

उनले बुधबारका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक डाकेका छन् र यस बैठकले दुई हप्ता लामो राज्य संकटकाल घोषणा गर्ने अनुमान गरिएको बिबिसीले जनाएको छ । 

देशभर तीन दिनसम्म राष्ट्रिय शोक मनाइने त्यहाँका अधिकारीहरूले जनाएका छन् ।