Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज २ शुक्रबार
  • Friday, 18 September, 2020
नारायण विश्वकर्मा स्याङ्जा
२०७७ श्रावण २० मंगलबार १०:२९:००
समाचार डिजिटल संस्करण

एक महिनादेखि बेपत्ता किशोरको कंकाल भेटियो

नारायण विश्वकर्मा स्याङ्जा
२०७७ श्रावण २० मंगलबार १०:२९:००

स्याङ्जामा हराएका एक किशोरको कंकाल भेटिएको छ । फेदिखोला गाउँपालिका– २ भालुपहाडअन्तर्गत सिद्धार्थ राजमार्गबाट झन्डै पाँच सय मिटर तल जिल्लाकै चापाकोट नगरपालिका– ५ सेखामका पंकज गिरीको कंकाल भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 

अधिकारीका अनुसार सोमबार गिरीको हड्डी भाँचिएको र मक्किएको अवस्थामा गिँदरीको फेदमा कंकाल फेलापरेको थियो । 

जनप्रिय क्याम्पस पोखरामा अध्यन गर्ने १९ वर्षीय गिरी असार १८ गतेदेखि बेपत्ता भएको भन्दै परिवारले खोजीकार्य गरिदिन प्रहरीमा निवेदन दिएको थियो । 

माछा मार्न गएका युवाले सेतीखोलामा मोटरसाइकल फेलापारेपछि प्रहरीलाई खबर गरेका थिए । मोटरसाइकल झिक्ने क्रममा गन्ध आएपछि पंकजको शव हुन सक्ने आशंकामा प्रहरीले खोजतलास गरेको थियो । 

खोजतलासको क्रममा सडेको अवस्थामा गिरीको कंकाल भेटिएको डिएसपी अधिकारीले जनाकारी दिए । घटनास्थलमा भेटिएका लुगाका आधारमा कंकाल पंकजकै भएको परिवारले दाबी गरेपछि कंकालको सनाखत भएको सूचना अधिकारीले बताए । 

कंकालको जिम्मा बुबा जीवनले लिएका छन् । कंकाल पोस्टमार्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा राखिएको छ । परिवारका अनुसार गिरीले ना.४०प ३७२० नम्बरको हरियो रंगको बुलेट बाइक भाडामा लिएर चलाउँदै आएका थिए ।

बुबा जीवन गिरीले छोराको हत्या हुन सक्ने आशंकामा अनुसन्धानका लागि प्रहरीमा निवेदन दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताए ।