Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज ९ शुक्रबार
  • Friday, 25 September, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ श्रावण १८ आइतबार ०९:३७:००
सप्तरंग प्रिन्ट संस्करण

चौरजहारी घटना पीडितलाई पाँच लाख सहयोग

नयाँ पत्रिका, काठमाडौं
२०७७ श्रावण १८ आइतबार ०९:३७:००

गायक यश कुमारले रुकुमको चौरजहारी हत्या घटनाका मृतक परिवार र घाइतेलाई पाँच लाख रुपैयाँ हस्तान्तरण गरेका छन् । भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीमगरलाई उनले पाँच लाखको चेक हस्तान्तरण गरेका हुन् । चौरजहारी घटनामा जाजरकोटका नवराज विकसहित ६ जनाको मृत्यु भएको थियो । 

गायक यश कुमारले केही समयअघि सामाजिक सञ्जालमार्फत सहयोगका लागि आह्वान गरेका थिए । अमेरिकाबाट दुई लाख ८९ हजार पाँच सय, अस्ट्रेलियाबाट ८६ हजार चार सय, बेलायतबाट एक लाख ५० हजार, गो फन्ट मीबाट ६५ हजार तीन सय, क्यानडाबाट ५० हजारलगायत गरी पाँच लाख २१ हजार रुपैयाँ सहयोग जम्मा भएको थियो ।

मृतक परिवारलाई ५० हजार र घाइतेलाई १० हजारका दरले तथा कानुनी प्रक्रियामा ८० हजार रुपैयाँ सहयोग गर्ने गरी चेक हस्तान्तरण गरिएको गायक यश कुमारले बताए ।