Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ श्रावण १३ मंगलबार १५:०६:००
समाचार डिजिटल संस्करण

कमलादीबाट बरामद गरेको १५ किलो पहेँलो धातुमध्ये पाँच सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि (भिडियाेसहित)

नयाँ पत्रिका, काठमाडाैं
२०७७ श्रावण १३ मंगलबार १५:०६:००

प्रहरीले काठमाडौंको कमलादीबाट बरामद गरेको १५ किलो पहेँलो धातुमध्ये ५पाँच सय ग्राम मात्रै सक्कली सुन भएको पुष्टि गरेको छ । 

मंगलबार बिहान बरामद १५ किलो पहेँलो धातु परीक्षण गर्दा पाँच सय ग्राम (आधा किलो) मात्रै सक्कली सुन भएको पुष्टि भएको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले १५ किलो पहेँलो धातुमा आधा किलो मात्रै सुन भएको बताए । 

बाँकी साढे १४ किलोग्राम चाँदी र बाहिर जलप लगाएको पुष्टि भएको पत्रकार सम्मेलनमार्फत बताए ।

उनले भने, ‘१५ किलो सुनजस्तो देखिने पहेँलो वस्तु बरामद भएको थियो । जाँचका लागि सुनचाँदी व्यवसायी संघमा पठाइएकोमा उक्त धातुमध्ये अहिलेको मूल्य अनुसार ४२ लाख नाै हजार पाँच सय रुपैयाँबराबरको आधा किलो सुन र बाँकी १५ लाख ५६ हजार ४ सय मूल्यबराबरको चाँदी रहेको पाइयो ।’

प्रहरीले मंगलबार बिहान कृष्ण पाउरोटीनजिक चेकजाँच छलेर भागेको बा.६च ५५१९ नम्बरको स्कार्पियो गाडीको पिछा गर्ने क्रममा फालेको सेतो रंगको झोलामा उक्त धातु बरामद गरेको थियो ।

झोलामा अवैध हतियारसमेत फेलापरेको छ । माउजर लेखिएको दुई थान पेस्तोल र सोही पेस्तोलमा प्रयोग हुने दुई थान म्यागजिन पनि बरामद भएको छ ।

भिडियाे