Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ असोज १५ बिहीबार
  • Thursday, 01 October, 2020
संजित परियार काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार १०:०६:००
समाचार प्रिन्ट संस्करण

भूकम्पले क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माणकाे अन्तिम चरणमा

संजित परियार, काठमाडाैं
२०७७ श्रावण ६ मंगलबार १०:०६:००

१२ वैशाख ०७२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माण अन्तिम चरणमा छ । पुनर्निर्माण सकिनासाथ पानी हालेर पोखरीलाई पुरानै स्वरूप दिने तयारी छ । दुई लाख २० हजार वर्गफिटको रानीपोखरीमा पानी अड्याउन १५ देखि १८ इन्चसम्म कालो माटो बिछ्याइएको छ ।

मध्यभागस्थित बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण चलिरहेको छ, जुन शिखर (ग्रन्थकुट) शैलीमा बनिरहेको छ । चारैतिरको पर्खाल निर्माण भइसकेको छ । लकडाउन नभएको भए गत १२ वैशाखमै पुनर्निर्माण सकेर उद्घाटन गर्ने तयारी थियो । लकडाउनका कारण उद्घाटनको समय लम्बिएको छ ।

तत्कालीन राजा प्रताप मल्लले वि.सं. १७२७ (नेपाल संवत् ७९०)मा छोरा चक्रपालेन्द्र मल्लको मृत्युबाट विक्षिप्त बनेकी रानीलाई सान्त्वना दिन रानीपोखरी र बालगोपालेश्वर मन्दिरको निर्माण गराएको इतिहासमा उल्लेख छ । मन्दिर पुनर्निर्माणमा सुर्की, चुना, ढुंगा, काठ र कलात्मक इँटा प्रयोग गरिएको छ ।