Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २१ बुधबार
  • Wednesday, 05 August, 2020
२०७७ असार ३० मंगलबार १०:०५:००
मुख्य समाचार डिजिटल संस्करण

जेलमा रहेका शिक्षकलाई तलब, अख्तियारले थाल्यो अनुसन्धान

२०७७ असार ३० मंगलबार १०:०५:००

बैतडीमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहरिएका दुई शिक्षकलाई तलब दिएको खुलेको छ । जिल्लाको दोगडाकेदारस्थित बटैराज प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रतनसिंह भण्डारी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भए पनि निजलाई कारबाही गर्नुको साटो तलब–भत्ता दिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

आयोगले प्रकाशित गरेको विज्ञप्तिमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकसिंह भण्डारीको सहमतिमा प्रधानाध्यापक भण्डारीले ८३ हजार एक सय रुपैयाँ लिएको खुलेको छ । सरकारी रकमको दुरुपयोग गरेकाले अख्तियारले सो रकम असुलउपर गरी पाउन भन्दै सोमबार विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को परिच्छेद २ को दफा १७ बमोजिम कसूर गरेकोले तत्कालीन प्रधानाध्यापक भण्डारी र अध्यक्ष भण्डारीबाट बिगो असुलउपर गर्न अख्तियारले माग गरेको छ । 

यस्तै, जिल्लाको दोगडाकेदारमै रहेको जशलिंग प्राविका तत्कालीन शिक्षक महानन्द कपाडीलाई पनि नियमविपरीत तलब खुवाएको अख्तियारले जनाएको छ । अख्तियारले गरेको छानबिनमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका कपाडीलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवराज कपाडी र स्रोतव्यक्ति हरि नाथको सहमतिमा रु. ८१ हजार नाै सय तलब खुवाएको पाइएको छ ।
 
सरकारी रकमको दुरुपयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कपाडी, स्रोतव्यक्ति हरि नाथ र विद्यालयका तत्कालीन शिक्षक कपाडीबाट सो रकम असुलउपर गर्न विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ ।  

दोगडाकेदार गाउँपालिका–३ श्रीकोट घर भएका शिक्षक कपाडी र दोगडाकेदार–४ का शिक्षक भण्डारी कर्तव्य ज्यान मुद्दामा ०७४ असार १५ मा जेल परेका थिए । दुई वर्ष कैद सजाय र रु. ८२ हजार जरिवानासहित जेल परेका दुवैजना २०७५ जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा जेलमुक्त भएका थिए । उनीहरू ६४ प्रतिशत कैद भुक्तान गरेपछि ०७५ सालमा गणतन्त्र दिवसको अवसरमा छुटेका थिए । उनीहरू दुवैजनाले दोगडाकेदार गाउँपालिका–३ श्रीकोटकै अर्जुनसिंह विष्टको हत्या गरेका हुन् ।