Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २७ मंगलबार
  • Tuesday, 11 August, 2020
२०७७ असार २९ सोमबार १८:०७:००
समाचार

डोल्पा हुँदै जुम्ला पुग्यो सलह, सलह समातेर ल्याउनेलाई प्रतिकिलो दुई सय दिने निर्णय

२०७७ असार २९ सोमबार १८:०७:००

जुम्लाको चन्दननाथ नगरपालिकामा सलह देखिएपछि प्रशासनले रोकथाम, नियन्त्रण र प्रतिकार्य योजना बनाउन थालेको छ । कृषि तथा खाद्य सुरक्षा समितिले सोमबार जिल्ला प्रशासन कार्यालयमा बैठक आयोजना गरी सलह नियन्त्रण तथा प्रतिकार्य योजना बनाउने निर्णय गरेको हो । 

जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रशासनमा आकस्मिक बसेको बैठकले यस्तो निर्णय लिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए ।  उनले भने, ‘बैठकमा सलहका विषयमा कृषि विज्ञहरूसँगको राय, सल्लाह, सुझाबसहित क्षति कम गर्ने तयारीबारे छलफल भएको छ ।’

कृषि तथा खाद्य सुरक्षा समितिका संयोजक तथा कृषि कार्यालयका प्रमुख बालकराम देवकोटाले सलहले पुऱ्याउने क्षतिको विषयमा कृषि विज्ञहरूले सरोकारवालालाई जानकारी दिने बताए । बैठकमा सलह डोल्पा हुँदै जुम्ला पुगेको उनले जानकारी दिए । उनले फिल्डमा समेत अनुगमन भइसकेकाले किसानहरू बाजा बजाउने, थाल बजाउने र आगो बालेर भगाउन सक्रिय भइरहेको जानकारी दिए । जुम्ला पुगेको सलह बालीमा बसेमा सखाप पार्ने उनको भनाइ छ । 

स्याउ सुपरजोन जुम्लाका प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नवराज भण्डारीका अनुसार जुम्लामा आएको सलह हजारौँको संख्यामा छ । नेपालमा यसले खासै धेरै क्षति नपुऱ्याए पनि पूर्वसर्तकता अपनाउनुपर्ने बताए ।  कृषि अनुसन्धान कार्यालय जुम्लाका निर्देशक डा. तीर्थ रिजालले जुम्लामा आठदेखि १० हजारको संख्यामा सलह देखिएको बताए । उनले सलह जता जान्छ त्यहाँ किसान र सरोकारवाला निकाय सचेत हुन जरुरी रहेको जानकारी दिए । 

पातारासी गाउँपालिकाले सलह ल्याउनेलाई प्रतिकिलो दुई सय दिने 

पातारासी गाउँपालिकामा सलहले मकै, गहुँ र आलु बारीमा क्षति पुऱ्याउन थालेपछि गाउँपालिकाले सलह नियन्त्रण गरेर ल्याउने व्यक्तिलाई प्रतिकिलो दुई सय रुपैयाँ दिने निर्णय गरेको छ । सलहबाट बाली जोगाउन कृषक आफैँ लागिपरेका र उनीहरूलाई अझै जागरुक गराउन गाउँपालिकाले यस्तो निर्णय गरेको हो । जुम्ला अर्गानिक जिल्ला घोषित भएकाले रासायनिक विषादी प्रयोग गर्ने गरिएको छैन ।