Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
२०७७ असार २८ आइतबार १६:१०:००
समाचार डिजिटल संस्करण

प्रचण्ड भन्छन्– पार्टीभित्र केही जटिल समस्या छन्, हिजोका संकल्प र समझदारी सबैले पालना गर्नुपर्छ

२०७७ असार २८ आइतबार १६:१०:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र राजनीतिक दूरी बढिरहेका वेला नेकपाका एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई विभाजित हुन नदिने बताएका छन् । 

बाढीले पुऱ्याएकाे क्षतिको अवलोकनका लागि गृहजिल्ला चितवन आएका दाहालले नेकपा चितवनले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले पार्टीभित्र केही जटिल समस्या भएको सबैले अनुभव गरे पनि पार्टी विभाजन हुने कुरा भने नसोच्न अनुरोध गरे ।

‘पार्टीमा के होला ? कसो होला ? भन्ने चिन्ता आएको छ,  तर पार्टी विभाजित हुन दिइनेछैन, पार्टी एकतालाई अक्षुण्ण राखिनेछ,’ उनले भने । 

उनले सबैलाई पार्टी एकतालाई अक्षुग्ण राख्न हिजोका संकल्प र समझदारी पूरा गरेर अगाडि बढ्न सहयोगी भूमिका खेल्न सबैलाई आग्रह गरे ।

उनले जनतासँगको प्रतिबद्धता, भरोसा र उत्साह प्रमुख कुरा भएको भन्दै त्यही कारणले पर्टी एकता भएको बताउँदै को व्यक्ति कति समय प्रधानमन्त्री हुने भन्दा पनि राजनीतिक स्थायित्व मुख्य रहेको बताए । 

कसैले पार्टी विभाजित भइहाल्छ भन्ने लागेको छ भने त्यो झुट हुने उनले बताए । उनले अहिलेको यो विवादमा गम्भीर छलफल भने चलिरहेको बताए । 

उनले अहिले छलफलकै क्रममा रहेको भन्दै  स्वयं प्रचण्डले नै वा केपी ओलीले नै केही भने पनि धैर्यतापूर्वक सुन्न, तर फिल्डमा नउत्रन अनुरोध गरे । 

‘कसैले यसो गर्नुपर्छ भनेर प्रचण्डलाई उस्काउने वा  हाेइन यसो गर्न पर्छ भनेर केपी ओलीलाई उस्काउने काम भएमा तपाईंहरूले नै सावधान रहनुपर्छ,’ उनले भने, ‘तपाईंहरूले खबरदारी गर्नुपर्छ, पार्टी एकतालाई कायमा राख्ने दायित्व सबैको हो ।’

उनले नेकपा एक हुनुपर्छ भन्ने चाहना सबै कार्यकर्ताको चाहना भएको र इतिहास र जनताको आवश्यकता रहेको बताए । 

उनले कार्यकर्ताहरूलाई कसैको पक्षमा जिन्दावाद र कसैको पक्षमा मुर्दावादको नारा लगाउनुभन्दा पनि पार्टी एकताको लागि जिन्दावादको नारा लगाउन अनुरोध गरे । 

उनले कुनै पनि देश वा पार्टीको विकास र विनाशमा बाह्य कारणले भूमिका खेले पनि मुख्य कारण आन्तरिक नै हुने बताए । 

स्थायी कमिटीको बैठकले औपचारिक निर्णय बाहिर नल्याएसम्म आफूले धेरै कुरा बोल्नु उचित नहुनेसमेत उनले बताए । 

शनिबार चितवन आएका प्रचण्डले चितवनको विभिन्न बाढी प्रभावित क्षेत्रको निरीक्षणसमेत गरेका छन् ।