Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २५ आइतबार
  • Sunday, 09 August, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १७ बुधबार १३:३५:००
अर्थ

लकडाउनपछिको सेयर बजार : दुई दिनमै डेढ सय अंकले उचालियो नेप्से, १३ सय अंक पार

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १७ बुधबार १३:३५:००

तीन महिनापछि यही १५ असारदेखि खुलेको सेयर बजार दोस्रो दिनदेखि उच्च अंकले उकालो चढिरहेको छ । 

दुई दिनमै नेप्सेले एक सय ४८ अंक जोडेर १३ सयको तह पार गरेको छ । बुधबार पनि नेप्से ६ प्रतिशतले बढ्दा कारोबारका लागि निर्धारित समयभर कारोबार हुन पाएन ।
बुधबार नेप्से परिसूचक ७५ दशमलव ७७ अंक बढेर १३ सय ३६ दशमलव ५२ पुगेको छ ।

बजार खुलेलगत्तैको ११ बजेर १३ मिनेट जाँदा पहिलो, ११ बजेर ३५ मिनेटमा दोस्रो र १२ बजेर २४ मिनेट जाँदा बजारमा तेस्रो सर्किट ब्रेक लागेको हो । तेस्रो सर्किट ब्रेक लागेसँगै बुधबारका लागि कारोबार बन्द हुन पुगेको छ । 

‘लगानीकर्ताहरूमा उत्साह देखिएको छ, तर हरेक दिन सर्किट ब्रेक लागेरै बजार बन्द हुनुपर्ने अवस्था नरहेकोले संयमित हुनुपर्ने देखिन्छ,’ एक विश्लेषकले भने । 

लामो समयदेखि बजार ११ सयको तहमा रहेकोले बजार बढ्नुपर्ने एक प्रकारको स्वाभावकि अवस्था थियो । 

लगानीका अन्य क्षेत्रहरू खुम्चिएकोले पनि बजारमा वृद्धि भएको हुन सक्ने कतिपयको तर्क छ । 

कोरोनाको असरस्वरूप अन्य मुलुकहरूमा पनि केही साताको गिरावटपछि सेयर बजारमा वृद्धि देखिएको थियो । 

नेपालमा असार मसान्तपछि कम्पनीहरूको वित्तीय विवरण प्रकाशित हुने र लाभांशको आसमा बजार बढ्ने पुरानै प्रवृत्ति हो । 

तर, अहिले कोरोनाको प्रभाव विभिन्न क्षेत्रमा परेकाले अहिले नै दैनिक उच्च दरमा बजार बढ्न नहुने केहीको तर्क छ । 

असार मसान्त नजिकिँदै गर्दा मासिक–त्रैमासिक किस्तासमेत लगानीकर्ताहरूले तिर्नुपर्छ । 

यसैको कारण पनि बजार बढाइएको हुन सक्ने केही विश्लेषकहरूको भनाइ छ । 

कारोबार रकमले पनि बजारमा लगानीको माहौल कायमै रहने देखाउँछ । 

बुधबार कारोबार रकम अघिल्लो दिनभन्दा बढेर ४० करोड रुपैयाँ पुगेको छ । 

कारोबारमा आएका होटेलबाहेक सबै समूहको परिसूचक बढेका छन् । 

एक सय २३ कम्पनीको मूल्य वृद्धि भएकोमा ६५ कम्पनीको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । 

६ कम्पनीको मात्रै सेयर कारोबार मूल्य घटेर भएको छ । बैंकिङ, जीवन र निर्जीवन बिमा कम्पनीको समूह सूचक भने ६ देखि ७ प्रतिशतले वृद्धि भएको छ ।