सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
नयाँ पत्रिका काठमाडौं
२०७७ असार १५ सोमबार २०:१४:००
समाचार

६५ लाखसहित कुलेश्वरबाट दुई पक्राउ

नयाँ पत्रिका, काठमाडौं
२०७७ असार १५ सोमबार २०:१४:००

६५ लाख आठ हजार रुपैयाँसहित प्रहरीले दुईजनालाई कुलेश्वरबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले २५ वर्षीय रविशंकर सिंह र ४६ वर्षीय रमेश सिंहलाई पक्राउ गरेको हो । 

प्रहरीले रविसँग ६३ लाख र रमेशसँग दुई लाख आठ हजार बरामद गरेको छ । पक्राउ परेकाहरू साला–भिनाजु हुन् । 

उनीहरू हुन्डी कारोबारमा संलग्न रहेको प्रहरी दाबी छ । सो रकमको उनीहरूले स्रोत खुलाउन सकेका छैनन् । फलफूल व्यापार हुने स्थानमा हुन्डीको कारोबार गर्दै आएको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको परिसरका डिएसपी राजकुमार केसीले बताए ।

छुटाउनुभयो की ?