सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २० शनिबार
  • Saturday, 04 July, 2020
नयाँ पत्रिका काडमाडाैं
२०७७ असार ५ शुक्रबार ०८:५३:००
नयाँCity

बढ्दै छ ई-बुक कल्चर

नयाँ पत्रिका, काडमाडाैं
२०७७ असार ५ शुक्रबार ०८:५३:००

लेखक सुजीव शाक्यको पुस्तक ‘अर्थात् परिवर्तन’लाई नेपालयले हालै ई-बुकका रूपमा सार्वजनिक ग-यो । ई-बुक अर्थात् कम्प्युटर, मोबाइल, ट्याब, किन्डलजस्ता डिभाइसमा पुस्तक पढ्ने संस्कृति सुरु भएको दुई दशक नाघ्दै छ ।

नेपालमा यसअघि पनि ई-बुकको चलन नभएको होइन । कोरोना प्रसार रोक्न लकडाउनयता यो संस्कृति झाँगिँदै छ । प्रकाशक ‘नेपालय’ले सार्वजनिक गरेको शाक्यको पुस्तक ‘अर्थात् परिवर्तन’ त्यसको पछिल्लो उदाहरण हो ।

आफ्नो पुस्तक ई-बुकमार्फत बजारमा आउन लागेकामा शाक्य उत्साहित छन् । ‘ई-बुकमार्फत नेपाली पुस्तक बजारले नयाँ आयाम पाउने आशा छ,’ उनी भन्छन्, ‘नेपाली पुस्तक उद्योगका निम्ति यो एउटा अवसर हो ।’

नेपाली आख्यान र गैरआख्यान कृतिमा पाठकको रुचि त्यति धेरै देखिएको थिएन । अझै पनि अध्ययनलाई जीवनशैलीको मुख्य हिस्सा बनाएका पाठक ‘हार्ड कपी’तिरै बढी आकर्षित देखिन्छन् । आफूले पढ्न चाहेका किताब ई-बुकमा उपलब्ध नहुनु र अनलाइन भुक्तानी प्रणालीमा विश्वासको अभावमा पाठक ‘सफ्ट कपी’तिर आकर्षित हुन नसकेका हुन् । लकडाउनले नेपाली समाजमा अनलाइन भुक्तानी प्रणाली स्थापित गरिदिएको छ । त्यससँगै ई-बुक कल्चर पनि जुर्मुराउन थालेको छ ।

ई-बुकमार्फत नेपाली पुस्तक बजारले नयाँ आयाम पाउने आशा छ । नेपाली पुस्तक उद्योगका निम्ति यो एउटा अवसर हो ।

पालयबाट प्रकाशित किताब अमेजन, ‘बान्र्स एन्ड नोबल’लगायत अनलाइन माध्यममा संसारभर उपलब्ध छन् । यी संसारभर चलेका अनलाइन प्लेटफर्म हुन् । नेपालयका किरणकृष्ण श्रेष्ठका अनुसार ई-बुकमा जाने यसअघिका प्रयास सफल नहुनुमा प्राविधिक कमजोरी मुख्य थियो ।

लकडाउनयता ‘थुप्रै डटकम’ले अनलाइन अर्डरमार्फत घरघरमै पुस्तक डेलिभरी दिँदै आएको छ । नेपालयले पनि सोही अनलाइनमा लेखक शाक्यको पुस्तकलाई अपलोड गर्दै ई-बुकमा फड्को मारेको हो ।

‘ई-पुस्तकालय डटओआरजी’ले पनि नेपाली पाठकलाई ई-बुक उपलब्ध गराउँदै आएको छ । यस साइटमा नेपाली साहित्यका ६ सय आठ, बालसाहित्यका एक हजार चार सय १४ वटा पुस्तकका पिडिएफ कपी उपलब्ध छन् । अंग्रेजी साहित्यका समेत गरी ६ हजार आठ सय ४५ वटा पुस्तक ‘ई-पुस्तकालय’मा पाइन्छन् ।

यस्तै, डिसेम्बर २०१७ देखि सञ्चालनमा आएको ‘किताब यात्रा’ले आफ्नो डिजिटल प्लेटफर्मलाई पुस्तकको होम–डेलिभरीमा प्रयोग गरिरहेको छ । करिब १५ हजार ग्राहकले सुविधा उपयोग गरिसकेको ‘किताब यात्रा’का सिइओ ऋषिराम अधिकारी बताउँछन् ।

बुकहिल पब्लिकेसन्सले पनि होम–डेलिभरीमा आफूलाई केन्द्रित गरेको छ । तत्काल ई-बुकमा जाने सोच नबनिसकेको पब्लिकेसन्सका सिइओ भूपेन्द्र खड्का बताउँछन् । भन्छन्, ‘अहिलेसम्म भौतिक रूपमै ग्राहकलाई सेवा दिइरहेका छौँ । हेरौँ, भोलिका दिनमा के हुन्छ ।’

छुटाउनुभयो की ?