मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ माघ ४ आइतबार
  • Sunday, 17 January, 2021
ad
नारायण सिवाकोटी काठमाडौं
२०७७ जेठ २८ बुधबार ०९:५४:००
अर्थ

कोरोनाका कारण विश्व अर्थतन्त्रमा १ सय ५० वर्षयताकै ठूलो क्षति

विश्व बैंकको प्रक्षेपण : यो वर्ष विश्व अर्थतन्त्र ५ दशमलव २% ले माइनसमा जाँदा नेपालको वृद्धिदर भने १.२%

नारायण सिवाकोटी काठमाडौं
२०७७ जेठ २८ बुधबार ०९:५४:००

कोरोनाका कारण विश्वका अधिकांश मुलुकमा १ सय ५० वर्षयता कै ठूलो क्षति हुने आँकलन गरेको छ । सन् १९३० को दशकमा भएको महामन्दीभन्दा पनि अघि बढेर विश्वबैंकले विश्वभर चरम स्तरको महामन्दी आउने बताएको हो ।

‘सन् १९३० को महामन्दीमा विश्वका ८५ प्रतिशत मुलुक प्रभावित थिए,’ विश्वबैंकको अर्धवार्षिक प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’मा भनिएको छ, ‘यो महामन्दीमा ९० प्रतिशतभन्दा बढी मुलुक प्रभावित हुँदैछन् ।’ विगत डेढसय वर्षका ठूला १४ मन्दीमध्ये सन् १८७० को मन्दीलाई चैथो ठूलो मानिन्छ । त्यो साल विश्वभर दादुराको महामारी सुरु भएको थियो । 

‘सन् १९३० को महामन्दीमा विश्वका ८५ प्रतिशत मुलुक प्रभावित थिए,’ विश्वबैंकको अर्धवार्षिक प्रतिवेदन ‘ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स’मा भनिएको छ, ‘यो महामन्दीमा ९० प्रतिशतभन्दा बढी मुलुक प्रभावित हुँदैछन् ।’ 

२०२० मा विश्वको अर्थतन्त्र ५ दशमलव २ प्रतिशतले ऋणात्मक हुने नयाँ प्रक्षेपण पनि विश्वबैंकले सार्वजनिक गरेको हो । प्रतिवेदनमा कोरोना महाव्याधिको धक्का एवं संक्रमण नियन्त्रणका उपायको दुष्प्रभावका कारण विश्व अर्थतन्त्र कडा संकुचनमा धकेलिएको जनाएको हो । सन् २०२० मा विकसित अर्थतन्त्रहरू समग्रमा ७ प्रतिशतले ऋणात्मक हुने आकलन गरिएको छ ।
 
महाव्याधिका कारण विकसित मुलुकको घरेलु माग तथा आपूर्ति, व्यापार एवं वित्तको क्षेत्र नराम्रोसँग अवरुद्ध छ । त्यसैगरी, उदीयमान बजार तथा विकासशील अर्थतन्त्रहरू यो वर्ष समग्रमा २ दशमलव ५ प्रतिशतले ऋणात्मक हुनेछन् । यी मुलुकको अर्थतन्त्रमा ६० वर्षयता पहिलोपटक यति ठूलो सामूहिक संकुचन आउन लागेको हो । यो समूहका मुलुकको प्रतिव्यक्ति आय ३ दशमलव ६ प्रतिशतले खुम्चिनेछ ।

यसै वर्ष मात्र पनि केही करोड मानिस चरम गरिबीमा धकेलिनेछन् । महाव्याधिको कडा मार परेका विश्व व्यापार, पर्यटन, कच्चा पदार्थको निकासी-पैठारी र बाह्य वित्तमा निर्भर अर्थतन्त्रहरू बढी खुम्चिनेछन् । त्यसैगरी, शिक्षा एवं स्वास्थ्य सेवाको पहुँचमा अवरोधले यी मुलुकमा मानव पुँजीको विकास दीर्घकालीन रूपले प्रभावित हुनेछ । 
 
विकसित मुलुकमा यो जुन महिना र विकासशील मुलुकमा केही पछिबाट महाव्याधिमा उल्लेख्य कमी आई र संक्रमण नियन्त्रणका मापदण्ड (लकडाउन एवं सामाजिक दूरी) हटाउन सकिए सन् २०२१ मा विश्वव्यापी वृद्धि ४ दशमलव २ प्रतिशतले फर्किने प्रक्षेपण गरिएको छ ।

यस्तो अवस्थामा विकसित अर्थतन्त्रको ३ दशमलव ९ प्रतिशतसम्म र इएमडिई मुलुकको वृद्धि समग्रमा ४ दशमलव ६ प्रतिशतसम्म पुग्न सक्नेछ । तर, परिदृश्यमा सुधार भएन भनेचाहिँ विश्व अर्थतन्त्र सन् २०२० मा ८ प्रतिशतले ऋणात्मक हुनेछ । त्यसैगरी, सन् २०२१ मा केवल १ प्रतिशतजति मात्र पुनर्बहाली हुनेछ ।  
 
सन् २०२० मा सबैभन्दा बढी युरो क्षेत्रको वृद्धि प्रभावित हुँदै छ । विश्व बैंकले यो क्षेत्रको अर्थतन्त्र ९ दशमलव १ प्रतिशतले खुम्चिने प्रक्षेपण गरेको छ । अमेरिका र जापानको अर्थतन्त्र ६ दशमलव १ प्रतिशतले संकुचित हुने आकलन छ ।

७% वृद्धि हासिल गर्ने सरकारको लक्ष्यमा चुनौती, विश्वबैंक भन्छ- आगामी वर्ष २% मात्रै वृद्धि

नेपाल महाव्याधि नियन्त्रणको घरेलु प्रयास (लकडाउन)का साथै पर्यटन र विप्रेषणमा उल्लेख्य कमीबाट बढी नै प्रभावित हुनेछ । यसबाट दीर्घकालीन गरिबीमा वृद्धि हुनेछ । साथै, नेपालजस्ता न्यून आय भएका मुलुक आपूर्तिमा गडबडीले खाद्य वस्तुको मूल्य अकासिँदा त्यसबाट पनि प्रभावित हुनेछ । र, थप अरू नागरिक खाद्य असुरक्षामा पर्नेछन् ।

आपूर्ति शृंखलाका कडी टुट्दा मध्यम अवधिको वृद्धिको सम्भावना पनि कम हुनेछ । त्यसैगरी, तेलको मूल्यको विप्रेषणमा नकारात्मक असर पर्नेछ । यसका कारण नेपालको अर्थतन्त्र सन् २०२० मा १ दशमलव ८ प्रतिशतमा सीमित हुनेछ । 

स्थिति सहज भए अर्काे वर्ष २०२१ मा २ दशमलव १ प्रतिशतले वृद्धिको साक्षात्कार गर्नेछ । केन्द्रीय तथ्यांक विभागले चालू आर्थिक वर्षमा २ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । १ महिनामात्रै लकडाउन हुने अनुमानका आधारमा यो प्रक्षेपण गरिएको हो । तर, मुलुकमा लकडाउन करीब ८० दिन पुगिसकेको छ ।

विश्वको बिग्रिँदो आर्थिक अवस्थालाई मध्यनजर गर्दै विश्व बैंकले गरिब र जोखिममा परेकालाई जोगाउन, व्यवसायहरूलाई सहयोग गर्न र आर्थिक पुनर्बहालीलाई सहयोग गर्न एक सयभन्दा धेरै मुलुकमा १५ महिनामा १ सय ६० अर्ब डलर परिचालन गर्दै छ । 

छुटाउनुभयो की ?