मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १२ सोमबार
  • Monday, 25 May, 2020
२०७७ जेठ ९ शुक्रबार २०:५२:००
कोरोना अपडेट

शुक्रबार मात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या पाँच सय १६

२०७७ जेठ ९ शुक्रबार २०:५२:००

नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय १६ पुगेको छ । शुक्रबार मात्रै ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लोपटक नौजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् । पछिल्ला संक्रमितमा बारामा ६ जना र भक्तपुर, मकवानपुर र सप्तरीमा एक–एकजनामा संक्रमण पुष्टि भएको अधिकारीले बताएका छन् ।

यसअघि शुक्रबार दिउँसो २० जना र बिहान ३० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

संक्रमितमध्ये ७० जना निको भएका छन् भने तीनजनाको मृत्यु भएको छ ।