मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
२०७७ जेठ ८ बिहीबार ०६:२०:००
खेलकुद

कोभिड-१९ पछिको खेलकुद : स्वरूप परिवर्तनको सँघार

२०७७ जेठ ८ बिहीबार ०६:२०:००

जर्मनीमा सुरु भएको बुन्डेसलिगा फुटबल प्रतियोगितामा खेलाडीले मैदानमा थुक्न पाउँदैनन् । दर्शकविहीन बन्द रंगशालामा खेल हुन्छ अनि दर्शक घरमै लाइभ हेरेर मनोरञ्जन लिन्छन् । यस्तै, वेल्स क्रिकेट बोर्डले इंग्ल्यान्डमा सुरु गरेको अभ्यासमा खेलाडीलाई अरूका सामग्री प्रयोग गर्न बन्देज लगाइएको छ ।

अन्तर्राष्ट्रिय खेल विश्लेषकहरूको भनाइमा खेलकुद गतिविधि अब स्वरूप परिवर्तनको सँघारमा छ । नेपालमा भने खेलसम्बन्धी निकायहरू नयाँ खाका बनाउन जुट्न सकेका छैनन्।

‘एक खेलाडी एक बल, ब्याट’, बलमा थुक लगाउन र शरीरमा रगड्न नपाइने नियम छ । प्रशिक्षकले खेलाडीसँग दुई मिटर टाढै बसेर अभ्यास गराउँछन्, फिजियोले खेलाडीलाई पिपिई लगाएर मात्र छुन पाउँछन् । नेपाली खेलाडीले भने यस्ता नयाँ नियम पाएका छैनन् । कारण– सम्पूर्ण खेल गतिविधि ठप्प छन् ।

अन्तर्राष्ट्रिय खेल विश्लेषकहरूको भनाइमा खेलकुद गतिविधि अब स्वरूप परिवर्तनको सँघारमा छ । नेपालमा भने खेलसम्बन्धी निकायहरू नयाँ खाका बनाउन जुट्न सकेका छैनन् । अनिवार्य भौतिक दूरी कायम गर्नुपर्ने भएकाले कोभिड–१९ को महामारी नियन्त्रणमा आएपछि पनि खेलकुदले पुरानै लय समात्न नसक्ने तेक्वान्दो खेलाडी दीपक विष्ट बताउँछन् । भन्छन्, ‘एकलभन्दा टिम खेलकुद धेरै प्रभावित हुने देखिन्छ ।

यो प्रकृतिका खेल तत्काल सञ्चालनमा आउने सम्भावना देखिँदैन ।’ खासगरी, एकअर्काको शरीर छोइने तेक्वान्दो, क्रिकेट, फुटबल, भलिबल, कुस्ती, कबड्डीलगायत खेल गतिविधिमा बढी असर पर्ने उनको बुझाइ छ । ‘नन कन्ट्याक्ट गेममा त्यति समस्या छैन,’ उनी भन्छन् । कोभिड–१९ पछिको परिवर्तनका लागि अध्ययनमा केन्द्रित हुन उनी खेलाडीहरूलाई सुझाउँछन् ।

कोरोना भाइरसका कारण विश्वकै खेलकुद धेरै वर्ष पछाडि धकेलिएको राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष पीताम्बर तिम्सिनाको विश्लेषण छ । उनी भन्छन्, ‘कोभिड–१९ ले हामीलाई धेरै पाठ सिकाएको छ, नयाँ मोडालिटीअनुसार भविष्यमा खेलकुद चलायमान हुनेछ ।’

खेलकुद मन्त्रालय, राखेप, नेपाल ओलम्पिक कमिटी, अखिल नेपाल फुटबल संघ (एन्फा)लगायत खेलसम्बन्धी संस्थाहरू भविष्यको खेलकुदको खाका तयार पार्न जुट्ने समय आएको उनी बताउँछन् । भन्छन्, ‘खेलकुदका निकायले विज्ञ, खेलाडी र अन्तर्राष्ट्रिय खेल निकायसँग छलफल गरी नयाँ कोर्स तयार पार्नुपर्छ ।’

१३औँ सागमा नेपाललाई कराँतेमा दोहोरो स्वर्ण दिलाएका मण्डेकाजी श्रेष्ठ पनि खेलकुद निकायले नयाँ संरचना र नियम बनाउन थाल्नुपर्ने बताउँछन् । ‘विनायोजना रिङमा उत्रिन सम्भव छैन,’ उनी भन्छन्, ‘कोभिड–१९ ले भौतिक दूरी, स्यानिटाइज गर्ने, मास्क लगाउने र सुरक्षित रहने पाठ सिकाएको छ । खेलाडीहरू मानसिक रूपमा तयार हुनुपर्छ ।’

‘एकलभन्दा एकअर्काको शरीर छोइने तेक्वान्दो, क्रिकेट, फुटबल, भलिबल, कुस्ती, कबड्डीलगायत टिम खेलकुद धेरै प्रभावित हुने देखिन्छ । यो प्रकृतिका खेल तत्काल सञ्चालनमा आउने सम्भावना देखिँदैन ।’

फुटबलका अहिलेसम्म प्रचलित नियमअनुसार भौतिक दूरी कायम गर्न चुनौती हुने पुरुषतर्फको राष्ट्रिय टोलीका स्ट्राइकर भरत खवास बताउँछन् । त्यसैले हतारमा होइन, योजनाबद्ध रूपमा मैदानमा निस्किने वातावरण आवश्यक भएको उनको ठम्याइ छ ।

नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ पनि खेलाडीलाई पुरानै लयमा फर्काउन नयाँ नियमको आवश्यकता देख्छन् । ‘उच्चतम फर्ममा पुगेका खेलाडीको स्तर शून्य तहमा झरेको पाएको छु, उनीहरूलाई पुरानै गतिमा फर्काउन नियमित प्रशिक्षणको आवश्यकता छ,’ उनी भन्छन्, ‘खेलाडीलाई फिट राख्नु नै पहिलो काम हो ।’

एक वर्षयता नेपालमा खेलकुद गतिविधिले लय पाउनेमा उनी शंका व्यक्त गर्छन् । ‘कोरोना भाइरसका कारण विश्वका ठूला खेल एक वर्ष पछाडि धकेलिएका छन्, नेपालमा पनि त्यसयता खेल गतिविधि सञ्चालन हुने सम्भावना छैन,’ उनी भन्छन् । खेलकुद मन्त्रालय र राखेपले खेलाडीहरूका सम्बन्धमा निर्णय लिनुपर्ने समय आएको उनी बताउँछन् ।

अहिले अधिकांश खेलाडी घरभित्रैको वर्कआउटमा सीमित छन् । गहिरो प्रशिक्षणका लागि उनीहरूलाई खुला मैदान आवश्यक हुन्छ । लामो समय घरभित्रै सीमित रहँदा कतिपय खेलाडी सन्न्यासको चरणतिर पुग्ने श्रेष्ठ बताउँछन् । ‘लामो समय घरमै रहँदा अहिलेसम्म फिट रहेका खेलाडीको स्तर शून्यमा झर्नेछ । र, पुरानै अवस्थामा फर्किन उनीहरूले धेरै मिहिनेत गर्नु पर्नेछ । प्रशिक्षणलगायत खेल गतिविधि अभावमा उनीहरूसँग सन्न्यास लिनुको विकल्प रहँदैन ।’