Skip This
Skip This

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधन

२०७५ पौष ३ मंगलबार ०८:४३:००

पूर्वप्रधानमन्त्री एवं वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको मंगलबार बिहान निधन भएको छ ।

आफ्नै निवास बूढानीलकण्ठ भिल्लामा ९३ वर्षीय गिरीको निधन भएको पारिवारिक स्रोतले जनाएकाे छ ।  राजाको प्रत्यक्ष शासनकाे समयमा मन्त्रिपरिषदको उपाध्यक्ष बनेका गिरी लामो समयदेखि कलेजोसम्बन्धी रोगबाट पीडित थिए ।


राजा महेन्द्रले ०१७ सालमा पञ्चायनी व्यवस्था स्थापना गर्नुपूर्व नेपाली कांग्रेसका नेता रहेका गिरीले महेन्द्रलाई साथ दिएका थिए । राजा वीरेन्द्रले ३६ सालमा जनमत संग्रह घोषणा गर्दा वैचारिक असहमति जनाउँदै उनी श्रीलंकातिर लागेका थिए ।

०५९ सालमा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि उनी पुनः नेपाल फर्किएर मन्त्रिपरिषदको उपाध्यक्ष बनी ज्ञानेन्द्रलाई साथ दिए ।

अमेरीकाको औपचारीका भ्रमण गर्ने प्रधानमन्त्रीको रुपमा गिरी र शेरबहादुर देउवा मात्र हुन् ।  उनी २०४६ सालमा बहुदलको धोषण हुँदा राजा सँग असन्तुष्ठ रहेका थिए । २०६३ सालको जनआन्दोललाई पूर्व राजा ज्ञानेन्द्रले सम्बोधन गर्दा पनि उनी असन्तुष्ट थिए । उनी आफ्नो जीवनकाल भरी राजतन्त्रको कडा हिमायती रहे ।

सिराहमा जन्मिएका गिरीका दुई छोरा र चार छोरी छन् ।