• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
२०७६ फाल्गुण २ शुक्रबार १५:२५:००
स्वास्थ्य र जीवनशैली

काेराेना भाइरसकाे उपचार सफल भएकाकाे प्लाज्मा संक्रमितलाई दिन विशेषज्ञको आग्रह 

उपचार प्रभावकारी हुने दाबी

२०७६ फाल्गुण २ शुक्रबार १५:२५:००

विशेषज्ञहरूले कोरोना भाइरसको उपचार भएकाहरूलाई प्लाज्मा दान गर्न आग्रह गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

वुहानको जेनिन्तन अस्पतालका प्रमुख झान दिंगुले उपचार सफल भएका संक्रमितको रगतमा हुने प्लाज्मामा रहेको एन्टिबडीले अन्य बिरामीको उपचारमा सकारात्मक प्रभाव परेको देखिएको बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूका अनुसार भाइरस संक्रमित पाँच हजार नौ सय ११ जना सामान्य अवस्थामा फर्किएका छन् ।

डिस्चार्ज भएका ६ जनाले गरे प्लाज्मा दान

त्यस्तै ६ जना डिस्चार्ज भएका संक्रमितले प्लाज्मा दान गर्न लागेका चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका २८ जना बिरामीमध्ये नाम नखुलाइएका ६ जनाले प्लाज्मा दान गर्न लागेका सिजिटिएन(चाइना ग्लोबल टेलिभिजन नेटवर्क) जनाएको छ । प्लाज्मा रगतमा पाइने एक किसिमको तरल पदार्थ हो । रगतबाट छुट्याएपछि यो हलुका पहेंलो रंगमा देख्न सकिन्छ । 

यसले शरीरमा आवश्यक पर्ने भागमा प्रोटिन पु-याउने काम गर्छ । रगतमै पाइने एन्टिबडी पनि एक किसिमको प्रोटिन हो । यसले शरीरमा विभिन्न किसिमका रोगबाट हुने आक्रमणको प्रतिरोध गर्छ ।