• वि.सं २०७६ चैत २१ शुक्रबार
  • वि.सं २०७६ चैत २१ शुक्रबार
  • Friday, 03 April, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ फाल्गुण १ बिहीबार १७:१२:००
प्रवास

कुवेतमा बालुवा र ग्राभेलले पुरिँदा ६ जनाको मृत्यु, थप विवरण आउन बाँकी 

२०७६ फाल्गुण १ बिहीबार १७:१२:००

कुवेतको अल–मुतला क्षेत्रको निर्माणस्थलमा बालुवा र ग्राभेलको थुप्रोले पुरिँदा ६ नेपालीको मृत्यु भएको छ । घटनामा अन्य तीन जना घाइते भएका छन् । घाइतेमध्ये दुई नेपाली र एक भारतीय रहेको कुवेतस्थित नेपाली दूतावासको सूचना अधिकारी जानकी ओझाले जानकारी दिइन् । घाइतेहरूको स्थानीय जहरा अस्पतालमा उपचार भरहेको उनले बताइन् ।

घटना भएको सूचना पाएपछि कुवेतस्थित नेपाल दूतावासको टोली घटनास्थल पुगेको उनले जानकारी दिइन् । ‘अहिलेसम्म ६ जना नेपालीको मृत्यु भएको छ,’ उनले भनिन्, ‘अझै उद्धार गर्न बाँकी भएकाले यकिन तथ्याङ्क आउन बाँकी छ ।’

मृत्यु भएको नेपालीको पहिचान हुन सकेको छैन । सूचना अधिकारीका अनुसार बायोमेट्रिक प्रणालीबाट शव पहिचानको लागि हस्पिटल लगिएको छ ।