• वि.सं २०७६ चैत २१ शुक्रबार
  • वि.सं २०७६ चैत २१ शुक्रबार
  • Friday, 03 April, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ २७ सोमबार १०:५३:००
साहित्य

आभामा चार कवि

२०७६ माघ २७ सोमबार १०:५३:००

आभा फर क्रिएटिभिटीको त्रैमासिक कार्यक्रम ‘आभा काव्य लहर’को सातौँ शृंखलामा शनिबार चारजना कविले रचना वाचन गरे । काठमाडौं कालिकास्थानस्थित सर्वनाम थिएटरमा भएको कार्यक्रममा कविहरू शैलेन्द्र साकार, श्रवण मुकारुङ, विप्लव ढकाल र नवीन प्यासीले आफ्ना ५–५ वटा कविता वाचन गरे ।

संस्थाले कविता र गजलका कार्यक्रम एकपछि अर्को गर्दै तीन–तीन महिनाको अन्तरालमा सञ्चालन गर्दै आएको छ । ‘आभा काव्य लहर’ असार ०७५ देखि निरन्तर आयोजना गर्दै आएको छ । आभाले साहित्यका अलावा चित्रकला, परफर्मेन्स आर्ट, संगीतलगायत जनचेतना र माजसेवामा काम गर्दै आएको संयोजक अन्शु खनालले बताइन् ।