• वि.सं २०७६ चैत २६ बुधबार
  • वि.सं २०७६ चैत २६ बुधबार
  • Wednesday, 08 April, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १८:२५:००
खेलकुद

संकटाको कठिन जित, पाँचौ स्थानमा उक्लियो

नयाँ पत्रिका काठमाडाैं
२०७६ माघ ११ शनिबार १८:२५:००

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले कतार फ्रेन्ड्स क्लबलाई पराजित गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो खेलमा संकटा १–० ले विजयी भएको हो । 

संकटाको कठिन जितमा अजयी मार्टिन्सले खेलको ६४ औं मिनेटमा गोल गरेका थिए । प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती दबाब भने फ्रेन्सले दिएको थियो । यद्यपि खेलको २४ औं मिनेटमा संकटाले गोल गर्ने सुनौलो अवसर गुमाएको थियो । त्यस्तै ३० मिनेटमा संकटाका विश्व अधिकारीको वाग्नर डे कार्मोको प्रहारले पोस्टको दिशा लिन सकेन ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको संकटाले केही लोभलाग्दा गोलका अवसर गुमाएको थियो । 

यससँगै संकटाले ८ खेलबाट ३ जित, ३ बराबरी र २ हारबाट १२ अंक जोडेको छ । लिगको पाँचौं स्थानमा उक्लिएको छ । फ्रेन्ड्स भने समान खेलबाट ११ औं स्थानमा छ ।