Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण ३० शुक्रबार
  • Friday, 14 August, 2020
२०७६ पौष २९ मंगलबार १८:४४:००
समाचार

बन्दको विरोधमा उत्रिए विद्यार्थी

२०७६ पौष २९ मंगलबार १८:४४:००

काठमाडौं विश्वविद्यालय (केयु)का विद्यार्थीहरू पठनपाठन बन्द गरेको भन्दै विरोधमा उत्रिएका छन् । दुई सातादेखि विश्वविद्यालय बन्द रहे पनि प्रशासन तथा बन्दकर्ता कुनै पनि पक्षबाट बन्द खुलाउने पहल नभएको भन्दै विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् ।

विश्वविद्यालय परिसरमा विद्यार्थीहरूले पम्प्लेट र ब्यानर टाँगेर विरोध जनाएका छन् । पम्प्लेटमा लेखिएको छ, ‘विद्यार्थीलाई हेप्ने ?’ बन्द नखुल्नुमा विश्वविद्यालय प्रशासन बढी जिम्मेवार रहेको विद्यार्थी विवस दाहालले बताए । ‘विश्वविद्यालय प्राध्यापक, कर्मचारी, विद्यार्थी सबैको साझा हो,’ उनले भने, ‘सबैको उचित माग सम्बोधन गरेर सहज वातावरण बनाउन प्रशासन थप जिम्मेवार हुनुपर्छ ।’ आफूहरूलाई विश्वविद्यालय बन्दबारे प्रशासनले केही जानकारी नदिएको भन्दै उनले विद्यार्थीको पढ्न पाउने अधिकार कुण्ठित नगर्न आग्रह गरे ।

विश्वविद्यालय पटक–पटक बन्द हुँदा आफूहरूको भविष्य नै अन्यौलमा पर्ने देखिएको भन्दै मेडिकल साइन्सका विद्यार्थी अशिम जोशीले आफूहरूसँग अभिभावकलाई दिने जवाफ पनि नभएको बताए । मेकानिकल इन्जिनियरिङका विद्यार्थी अन्जन भट्टले केयु देशकै उत्कृष्ठ विश्वविद्यालय भएको भन्दै आफू भर्ना भएको तर पटक–पटकको बन्दले आफ्नो निर्णयमाथि ग्लानी हुन थालेको बताए । उनले यी सबैको जवाफ प्रशासनले दिनुपर्ने बताए ।

विश्वविद्यालय प्राध्यापक संघ र कर्र्मचारी संघले आफूहरूको उचित माग विश्वविद्यालय व्यवस्थापन तथा प्रशासनले पूरा नगरेको भन्दै १५ पुस ०७६ मा विश्वविद्यालयका उपकुलपति, रजिष्ट्रार, डिनहरू, परीक्षा नियन्त्रकको कार्यालय, टिटिसी, प्रशासकीय भवनलगायतमा ताला लगाएको छ । प्रशासन बन्द भए पनि विश्वविद्यालयको प्रशासनिक काम खुला रहेको अन्य डिन कार्यालयबाट सञ्चालन भइरहेको भन्दै नेविसंघ केयुका सभापनि उज्ज्वल प्रधानले विद्यार्थीहरूलाई नहेप्न चेतावनी दिए । विश्वविद्यालय प्राध्यापक संघका सभापति डा. वेदमणि दाहालले माग सुनुवाई नभएसम्म बन्द जारी रहने भन्दै ललितपुरको हात्तीवनस्थित मानविकी र शिक्षा संकायको तथा बालकुमारीमा रहेको डिन कार्यालयहरू पनि आजैबाट बन्द गरिने बताए ।