
नेकपाले कांग्रेसबाट पाँचथरको फाल्गुनन्द प्रमुख, राजपाबाट महोत्तरीको पिपरा गाउँपालिका प्रमुख र हुम्लाको खार्पुनाथ उपप्रमुख खोस्यो ।
कांग्रेसले नेकपाको भक्तपुर–१ (क) र धरान उपमहानगरपालिका प्रमुख खासेको छ ।
कांग्रेसका ७ वडा नेकपाले खोस्यो, नेकपाका ६ र राजपाको एक वडा कांग्रेसले खोस्यो ।
रिक्त रहेका ५२ जनप्रतिनिधि चयनका लागि भएको उपनिर्वाचनको सबै परिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी गर्दै उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेको हो । जसमा सबैभन्दा बढी ३० ठाउँमा नेकपाका जनप्रतिनिधि निर्वाचित भएका छन् ।
कांग्रेसबाट १३, समाजवादीबाट ४, राजपाबाट ३, राष्ट्रिय जनमोर्चाबाट १ र एक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । नेकपाले प्रतिनिधिसभातर्फ कास्की–२, प्रदेशसभातर्फ दाङ–३ (ख), संखुवासभाको मकालु गाउँपालिका प्रमुख र १६ वटा वडामा पुनः जितेको छ । बाँकी पाँचथरको फाल्गुनन्द गाउँपालिका प्रमुख, हुम्लाको खार्पुनाथ गाउँपालिका उपप्रमुख, महोत्तरीको पिपरा गाउँपालिका प्रमुख र ८ वटा वडा कांग्रेस र राजपाबाट खासेको छ ।
कांग्रेसले भक्तपुर–१ (क) र धरान उपमहानगरपालिका प्रमुख नेकपाबाट खासेको छ । यसअघि जितेका १२ मध्ये ४ वडामा पुनः जितेको कांग्रेसले नेकपाबाट ६ वडा र राजपाबाट १ वडा खासेको छ ।
नेकपाले खोसेका कांग्रेसका ७ वडा
सिराहाको कल्याणपुर–१२
बाँकेको कोहलपुर–६,
बाजुराको त्रिवेणी–१,
अछामको मल्लेख–५,
पाँचथरको फिदिम–१,
भोजपुरको पौवादुम्मा–१
सिन्धुपाल्चोकको इन्द्रावती–८
कांग्रेसले खोसको नेकपाका ६ र राजपाको १ वडा
दाङको घोराही उपमहानगरपालिका–१६
चितवनको भरतपुर महानगर–१६
मोरङको धनपालथान गाउँपालिका–२
बैतडीको दोगडकेदार–४
पाँचथरको हिलिहाङ गाउँपालिका–७
अर्घाखाँची मालारानी–३
राजपाबाट खासेको रौतहटको गढिमाई–२
कहाँ कसले जिते ? (पूर्ण विवरण)