मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १२:४७:००
खेलकुद

१३ औं सागमा नेपाललाई चार स्वर्ण 

नेपाललाई थप दुई रजत, एक कास्य

नयाँ पत्रिका काठमाडाैं
२०७६ मङ्सिर १६ सोमबार १२:४७:००

१३ औं सागमा नेपालले चार स्वर्ण जितेको छ। नेपालले करातेको महिला टिमको कातातर्फ स्वर्ण जितको छ । महिला कातामा नेपालले फाइनलमा पाकिस्तानलाई पराजित गरेको हो। 

त्यस्तै पुरुष एकलमा मन्डेकाजी श्रेष्ठले स्वर्ण जितेका थिए भने तेक्‍वान्दोमा कमल श्रेष्‍ठ र ट्रायथलनमा सोनी गुरुङले स्वर्ण जितेका थिए। यससँगै नेपालको स्वर्ण पदकको संख्या ४ पुगेको छ।

त्यस्तै करातेतर्फ महिला एकल कातामा चञ्चल दनुवारले नेपालका लागि रजत पदक दिलाएकी छन्।

तेक्वान्दोतर्फ पुम्से खेलमा १७ वर्षीय कृष्ण बहादुर तमाङले रजत पदक जितेका छन् । २३ वर्ष भन्दा कम उमेरका खेलाडीबीच भएको प्रतिस्पर्धामा तमाङले श्रीलंकाका रानु कप्रभातमेनीलेसँग प्रतिस्पर्धा गरेका थिए ।

त्यसैगरी पहिलोपटक समावेश गरिएको खेल ट्रायथलनमा पुरुषतर्फ वसन्त खवासले कास्य जितेका छन्।