सिफारिसमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थमल्टिमिडियाअन्तर्वार्तानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैलीराजनीति१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यब्लाे अपशिक्षापर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधि
  • वि.सं २०७७ असार २४ बुधबार
  • Wednesday, 08 July, 2020
नयाँ पत्रिका टीकापुर
२०७६ मङ्सिर १६ सोमबार ११:०८:००
प्रदेश

सीता विवाहमा असली विवाह

नयाँ पत्रिका टीकापुर
२०७६ मङ्सिर १६ सोमबार ११:०८:००
?>

सीता विवाहको अवसरमा कैलालीको जानकी गाउँपालिका–४ को सर्वेश्वर मन्दिर जनकपुरधामको रूपमा झकिझकाउ बनाइएको थियो भने गाउँकै अमराहन घर अयोध्याजस्तै सिँगारिएको थियो ।

त्यहाँ २४ वर्षीय सावितराम कठरिया राम र राप्ती सोनारी गाउँपालिका–६ बाँकेकी प्रमिला चौधरी सीताको रूपमा विवाह बन्धनमा बाँधिए । उनीहरूले सीता विवाहको अवसरमा वास्तविक विवाह गरेका हुन् । 

यहाँ ०५० सालदेखि राम–जानकी विवाह पञ्चमी कार्यक्रम हुने गरेको छ । गत वर्षदेखि सीता विवाहलाई वास्तविक विवाहको रूपमा परिणत गर्दै कार्यक्रम गरिन थालेको आयोजक हरिकृतन समाजका महन्त सफारीलाल महतोले बताए ।