यस्तो छ जाडोमा अदुवा–चिया खानुका फाइदा

२०७५ पौष २७ शुक्रबार ०७:०२:००

- अदुवामा पाइने भिटामिन, खनिज र एमिनो एसिडले रक्तसञ्चार राम्रो बनाउँछ । साथै, हृदयाघात र मुटुरोगीका लागि फाइदाजनक हुन्छ ।
- एन्टिअक्सिडेन्टको मात्रा बढ्छ । फलस्वरूप शरीरमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ । 
- दैनिक अदुवा–चिया पिउँदा तनाव कम हुन्छ । साथै, चिया र अदुवाको मिश्रणबाट बन्ने रसायनले शरीरमा ऊर्जा प्रदान गर्छ । 
- श्वासप्रश्वासको समस्याका लागि पनि अदुवा–चिया उपयोगी मानिन्छ । साथै, गाडीमा बान्ता हुने समस्या हल गर्छ । 
- हड्डी तथा बाथरोगका बिरामीले अदुवा–चिया पिएमा आराम मिल्छ । 
- रगतमा ग्लुकोजको मात्रा सन्तुलित गर्छ । साथै, शरीरको अनावश्यक तौल कम गर्न मद्दत गर्छ । 
- पाचन प्रक्रियामा सुधार ल्याउनुका साथै शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रस उत्पादन गर्छ । 
-अदुवा–चियाको नियमित सेवनले महिनावारी गडबडीमा सुधार ल्याउँछ । 

 

 

 

प्रतिकृया दिनुहोस