Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ कार्तिक ८ शनिबार
  • Saturday, 24 October, 2020
ad
तवलिन सिंह काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार ०८:४६:००
दृष्टिकोण

दिल्लीमा जोर–बिजोरको ढोंग

दिल्लीको यस्तो अवस्था किन छ, जहाँ प्रत्येक वर्ष हामीले जोर–बिजोरको तमासा भोग्नुपर्छ, जब कि यो उपाय होइन, ढोंग मात्रै हो 

तवलिन सिंह काठमाडाैं
२०७६ कार्तिक ६ बुधबार ०८:४६:००

प्रत्येक वर्षझैँ यसपटक पनि जाडो सुरु हुनासाथ दिल्लीको हावाका विषयमा चिन्ता सुरु हुन थालेको छ । तिहारपछि दिल्ली सरकारले फेरि पनि ‘जोर–बिजोर’ प्रणाली सुरु गर्दै छ । जोर दिन अन्तिममा जोर अंक भएका सवारी र बिजोर दिन अन्तिममा बिजोर अंक भएका सवारी मात्रै सडकमा गुड्न पाउनेछन् । तर, यो समाधानको उपाय होइन, देखावटी मात्रै हो । वास्तविक विकल्पबारे न दिल्ली सरकारले कुनै चिन्तन गर्‍यो, न त भारतको केन्द्र सरकारले । जबकि, यसका अनेक उपाय छन् ।

 यस मौसममा वायु प्रदूषणको सबैभन्दा ठूलो कारण पन्जाब र हरियाणाको खेतमा जलाइने पराल रहेको बताइन्छ । किसानहरू पराल जलाउन किन बाध्य छन् भने त्यसको विकल्पमा सरकारले उनीहरूलाई कुनै सहयोग गरेको छैन । पन्जाब सरकारले रेडियोमार्फत किसानलाई पराल नजलाउन बिन्ती गर्छ, तर यो झुटो प्रयास हो । उत्तर भारतमा वायु प्रदूषणको समस्या अब निकै गम्भीर भइसकेको छ । त्यसैले यसको समाधानका विकल्प पनि झारा टार्ने खालको भएर हुँदैन । हामीले यसका गम्भीर उपायहरूमा छलफल गर्नुपर्ने समय आएको छ । 

कस्तो लाग्छ भने पर्यावरणलाई लिएर हाम्रा राजनेता गम्भीर र चिन्तित छैनन् । कसौली यसको एउटा उदाहरण हो । ‘खुसवन्त सिंह लिटफेस्ट’मा भाग लिन म पहिलोपटक कसौली गएकी थिएँ । त्यस सहरको अवस्था देखेर मलाई साँच्चै रुन मन लाग्यो । कसौलीमा पर्यटक यति धेरै बढे कि सहरको हरेक दोस्रो कुनामा एउटा नयाँ होटेल स्थापित हुन पुग्यो । यी होटेलको निर्माण भ्रष्ट अधिकारीलाई घुस खुवाएर गरिएको छ, किनभने यसले पहाडलाई प्रत्यक्ष रूपमा नोक्सान पु¥याएको छ, जसको भरपाईका लागि कुनै प्रयास भएका छैनन् । 

जब कुनै अविकसित देश विकासको मार्गमा अघि बढ्छन्, तब पर्यावरणको नोक्सान त हुन्छ नै । अर्कोतर्फ, जुन देशको सरकारले बुद्धिमतापूर्वक काम गर्छ, त्यहाँ सुनियोजित ढंगले विकास आउँछ ।

यति लापर्वाहीसाथ पहाडलाई चिथोरेर विकास आएको छ कि यसले जहिले पनि पहिरोलाई निम्त्याउन सक्छ । अझै उदेकलाग्दो के छ भने पहाडलाई ध्यान दिनुको सट्टा सडक चौडा गर्नेतर्फ सबैको ध्यान गइरहेको छ । जब कुनै अविकसित देश विकासको मार्गमा अघि बढ्छन्, तब पर्यावरणको नोक्सान त हुन्छ नै । अर्कोतर्फ, जुन देशको सरकारले बुद्धिमतापूर्वक काम गर्छ, त्यहाँ सुनियोजित ढंगले विकास आउँछ । जब प्रत्येक वर्ष देशको राजधानीमा बग्ने हावामा सास फेर्न अप्ठेरो हुन्छ, त्यतिवेला यो समास्याको समाधान खोजिनु जरुरी हुन आउँछ, जसले दीर्घकालीन विकल्प देओस् । 

दिल्लीमा यस्तो किन हुन सकेन ? जबकि, हामीसँग पराल जलाउने आधुनिक विकल्प पनि छ । हरियाणा, राजस्थान र पन्जाबका किसानलाई यस्तो विकल्प किन उपलब्ध गराइएन ? दिल्लीको यस्तो अवस्था किन छ, जहाँ प्रत्येक वर्ष हामीले जोर–बिजोरको तमासा भोग्नुपर्छ । जबकि, यो उपाय होइन, ढोंग मात्रै हो ।

पर्यावरणलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदी व्यक्तिगत रूपमा निकै गम्भीर छन् र उनले यस विषयमा पुस्तक पनि लेखेका छन् । उनले देशका अधिकांश राजनेताले पानी र वायुमा कुन हदसम्म नोक्सानी पुर्‍याएका छन् भनेर किन सम्झन सकेका छैनन् । अब पनि देखावटी कामले हुन सक्दैन । अन्त्यमा, उत्तरतर्फबाट जब म दिल्ली फर्कंदै थिएँ, मैले बाटोमा एउटा ठूलो पहाड देखेँ । यसले मलाई छक्क पार्‍यो । दोस्रोपटक नियालेपछि थाहा भयो कि यो फोहोरको डंगुर रहेछ । जसले महानगरको हावामा दैनिक विष फैलाइरहेछ । 
(अमर उजालाबाट)