Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २७ सोमबार १५:२९:००
खेलकुद

सौरभ गांगुली भारतीय क्रिकेट बोर्डको अध्यक्ष चयन

नयाँ पत्रिका काठमाडाैं
२०७६ असोज २७ सोमबार १५:२९:००

भारतीय क्रिकेट बोर्डको अध्यक्षमा पूर्व कप्तान सौरभ गांगुली नियुक्त हुने निश्चित भएको छ । भारतीय क्रिकेट बोर्डको अध्यक्ष एवं अन्य पदाधिकारीका लागि उम्मेदवारी दर्ता गर्ने अन्तिम दिन साेमबारसम्म अध्यक्षमा गांगुलीको मात्र उमेदवारी परेको थियाे । 

२३ अक्टोबरमा चुनाव तोकिए पनि गांगुलीकाे मात्रै उमेदवारी परेकाले स्वतः अध्यक्ष चयन हुने भएका हुन् । बोर्डका कार्यवाहक अध्यक्ष सिके खन्नाले सोमबार गांगुलीलाई बोर्डको अध्यक्षका रूपमा बधाइ दिएका छन् । 

खन्नाले भारतीय क्रिकेटमा निकै शक्तिशाली एवं स्रोत साधन सम्पन्न मानिने बोर्डको अध्यक्षमा अनुभवी क्रिकेट खेलाडी गांगुलीको चयन हुनु गर्वको विषय भएको बताएका छन् । बंगाल क्रिकेट संघका अध्यक्ष एवं क्रिकेट सल्लाहकार समितिका सदस्यसमेत रहेका उनले भारतीय क्रिकेटलाई अझ नयाँ उचाइ दिने खन्नाले बताए । 

यसैगरी, ब्रिजेस पटेललाई आइपिएलको अध्यक्षमा चयन गरिएको छ । भारतीय केन्द्रीय गृहमन्त्री अमित शाहका छोरा अजय शाह भने बोर्डको सदस्य सचिव हुने छन् । एजेन्सी