तीनकुनेको सडक छेउमा राखेको पोष्टर च्यात्ने दुईजना पक्राउ

२०७६ असोज २३ बिहीबार १३:१६:००

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतको लागि तीनकुनेको सडक छेउमा राखिएका पोष्टर च्यात्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुरका गोपाल कार्की र रौटहटका राजकुमार ठाकुर रहेका छन् । 

मंगलबार कार्कीले मादक पदार्थ सेवन गरी उक्त पोष्टर च्यातेको र च्यातीएको पोष्टरलाई थप तानेर च्यातेको भन्दै प्रहरीले बिहीबार ठाकुरालाई पक्राउ गरेको हो । 
उनीहरुले चिनियाँ राष्ट्रपति सीको भ्रमणलाई बाधा पुर्‍याउन पोष्टर च्यातेको नभई मादकपदार्थ सेवन गरेको सुरमा पोष्टर च्यातेको महानगरीय प्रहरी वृत्तका प्रवक्ता तथा डिएसपी होविन्द्र बोगटीले बताए । 

उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरमा राखेर अनुसन्धान थालिएको उनले बताए । 
 

सम्बन्धित समाचार